बर्डफ्लु प्रभाव: ११ हजार कुखुरा नष्ट गरिए



नेपाल समाचारपत्र, हेटौंडा
हेटौंडा–७, नागस्वतीमा बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा नष्ट गर्न थालिएको छ । शनिबार साँझसम्म उक्त क्षेत्रका ११ हजार कुखुरा नष्ट गरिएका छन् । नष्ट गर्ने कार्य रातभर पनि जारी रह्यो ।

उक्त क्षेत्रका ४१ हजार ५ सय कुखुरा नष्ट गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । टोलीले आइतबार बेलुकासम्म सबै कुखुरा नष्ट गरिसक्ने कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभयो । कुखुरा नष्ट गर्न कुखुरा व्यवसायी तथा स्थानीयका गरी ३ वटा टोलीमा २५ जना खटिएका छन् ।

शनिबार विहान ११ बजेबाट नागस्वतीका कुखुरा नष्ट गर्ने काम शुरु भएको थियो । भेटरिनरी अस्पताल हेटौंडा, कुखुरा व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालयसहित स्थानीय कुखुरा व्यवसायीको सहभागितामा कुखुरा नष्ट गर्न शुरू भएको हो । नष्ट गरिएका कुखुरा पुर्न जेसीबी प्रयोग गरिएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी तामाङ नेतृत्वको बैठकले कुखुरा नष्ट गर्ने र किसानलाई उचित क्षतिपँर्ति दिइने निर्णय गरेको थियो । अण्डा पार्न तयार भएको कुखुरालाई ९ सय, बेच्न तयार ब्रोइलरलाई ४ सय तथा अण्डा प्रतिगोटा ११ रुपियाँ दिन सिफारिस गर्ने सहमति भएको थियो ।

मकवानपुर कुखुरा व्यवसायी संघले यसमा सहमति जनाएको थियो । उक्त मँल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई बुझाइएको छ ।

नष्ट गरिएका पन्छी तथा पन्छीजन्य पदार्थको क्षतिपँर्तिको दररेट निर्धारण गर्न बर्डफ्ल नियन्त्रण आदेश, २०६४ बमोजिम क्षतिपँर्तिका लागि पशुसेवा विभागमा सिफारिस गरिने बताइएको छ ।

मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो । किसानले प्रतिकुखुरा दुई सय ८० रुपियाँ क्षतिपँर्ति पाएका थिए ।

कुखुरा व्यवसायी संघले बर्डफ्ल राहत समिति र प्रदेश–३ को भँमि, कृषि, पशु तथा सहकारी मन्त्रालयलाई क्षतिपँर्ति कहाँ र कसले दिने भन्ने विषयमा पत्र दिएको अधिकारीले बताउनुभयो ।‘तीन तहको सरकारका कारण व्यवसायीहरु कुन सरकारमा गएर क्षतिपँर्ति लिने भन्ने अन्योलमा छन्,’ उहाँले पत्र पेश गरेको ४५ दिनभित्र व्यवसायीले क्षतिपँर्ति पाइसक्नुपर्ने माग गरिएको बताउनुभयो ।

किसानले प्राविधिक टोलीले तोकेको चार किल्ला गलत भएको बताएका छन् । बैठकको निर्णयअनुसार नागस्वतीका व्यावसायिक लेयर्स फर्मलाई केन्द्र मानी पँर्वतर्फ वडा नम्बर–६ र ७ को सिमाना, पश्चिममा वनदेवी मन्दिर जानेबाटोको पँर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्रका कुखुरा नष्ट गर्न थालिएको छ ।

बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरापालक किसानलाई उचित क्षतिपँर्ति दिने निर्णय गर्दै कुखुरा नष्ट गरिएको हो ।

पशुसेवा विभागको प्राप्त पत्रअनुसार तोकिएका चार किल्लाका घरपालुवा पन्छी तथा पन्छीजन्य पदार्थ नष्ट गरी उचित विसर्जन गरिएको छ । चार किल्ला क्षेत्र बाहिरका कुखुरा तथा पन्छीको निरन्तर सर्भिलेन्स र नमँना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइने र प्रयोगशालाबाट बर्डफ््ल प्रमाणित भए उक्त खोरका पन्छी नष्ट गरी विसर्जन गरिनेछ । पन्छी तथा पन्छीजन्य पदार्थ नष्ट गरिसकेपछि जसको नष्ट गरिएको हो, उनै किसानको जग्गामा उचित विसर्जन गरिएको थियो ।

हेटौंडा–७ मा रहेका ४८ वटा फर्ममध्ये २८ वटा फर्ममा मात्र कुखुरा बाँकी रहेको र ती फर्मको कुखुरा नष्ट गरिएको प्रजिअ तामाङले बताउनुभयो । सीमाक्षेत्र बाहिरका कुखुरा फर्ममा पशु चिकित्सक टोली परिचालन गरी रोग नियन्त्रणका लागि नमँना संकलन गर्ने र रोग प्रमाणित भए कुखुरा नष्ट गरिने छ ।

अनपेक्षितरुपमा कुखुरा मरेको किसानको गुनासोपछि पशु चिकित्सक टोली संक्रमित क्षेत्र पुगेको थियो । टोलीले संक्रमित क्षेत्रबाट ५ वटा फर्मबाट १० वटा नमुना संकलन गरी जाँचका लागि केन्द्रीय प्रयोगशाला पठाएको थियो । सोको रिपोेर्ट २५ दिनपछि आउँदा किसानको खोर रित्तिएको स्थानीयको गुनासो छ ।
रोेगको संक्रमण फैलन सक्ने भन्दै प्रशासनले बिहीबारबाट पन्छीजन्य उत्पादन ओसारपसारमा रोक लगाएको थियो । शुक्रबारको बैठकपछि प्रशासनले सिल गरेका क्षेत्रबाहेक अन्यत्रका उत्पादन बिक्री वितरण खुला गरेको छ ।

रोग प्रभावित क्षेत्रमा फागुन १३ अगाडि गम्बारो र रानीखेतसहितको संक्रमण देखिएको रिपोर्ट भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्