विराटनगरबाट १४ वटा विमानस्थलमा उडान गरिँदै



सरोज यादव, विराटनगर
प्रदेश नम्बर १ को राजधानी विराटनगरबाट प्रदेशमा रहेका १४ वटा विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको छ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट (नाटा) को आठौं प्रदेशस्तरीय वार्षिक साधारण सभालाई सम्बोधन गर्दै यस्तो जानकारी दिनु भएको छ ।

उहाँले प्रदेशका पहाडी जिल्लामा हवाई उडानका लागि संघीय सरकारका साथै निजी वायुसेवालाई अनुरोध गरिएकाले चाँडै सञ्चालन भई स्वदेशी तथा विदेशी पर्यटकको आगमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री कुसियतले प्रदेशस्तरीय पर्यटन विधेयक ऐन–२०७५ प्रदेश सभामा दर्ता भई यसबाट पर्यटन व्यवसायीका समस्या समाधान हुने बताउदै पर्यटक नगरको रुपमा इलाम धनकुटा र खुम्बुलाई कायम गरी ५०÷५० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । उहाँले पर्यटकको बसाई ६ देखि ७ दिनसम्म लम्ब्याउनका र यस क्षेत्रका जनताको आर्थिकस्तर वृद्धिका लागि विराटनगर– बर्जुताल–इनरुवा– रामधुनी– चतराधाम– बराहक्षेत्र–धरान र इटहरीको तालतलैयासम्मका लागि सडक सर्किट निर्माण गर्न ४० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव बद्रिराज ढुंङगानाले पर्यटन क्षेत्र संवेदनशील व्यवसाय भएकाले तेस्रो मुलुक मात्र होइन छिमेकी देशका नागरिकलाई अतिथिरुपमा सम्मानजनक आदरसत्कार गर्नुपर्नेमा जोड दिँदै पर्यटकीय क्षेत्रको स्तरउन्नति पँर्वाधार निर्माण, पदयात्रा मार्ग र सँचना केन्द्रका लागि प्रदेश सरकारले १५ करोड बजेट निकाशा गरेको जानकारी दिनुभयो ।

साधारण सभामा प्रदेश नं. १ का पर्यटकीय क्षेत्रमा कार्य गर्दे आएका सँचीकृत ६० जना सदस्यले व्यवसाय, घरबास सञ्चालनमा भोग्नु परेको समस्या, व्यवसाय दर्ता, नवीकरण, पर्यटक क्षेत्रको प्रवद्र्धन, पर्यटकलाई उपलव्ध हुनुपर्ने सेवा सुविधा आदिका विषयमा छलफल गरी सरकारलाई समाधानका लागि सुझाव दिने छन् । हाल १ नम्बर प्रदेशअन्तर्गत विराटनगर विमानस्थल, झापाको भद्रपुर, संखवासभाको तुम्लिङटार, ताप्लेजुको सुकेटार, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, इलाममा विमानस्थल रहेका छन् ।

विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलमा स्तरोन्नती गरी क्षेत्रीय उडान गर्नेको लागि हाल पँर्वाधार विकासको काम तीव्र पारिएको छ । चन्द्रगढी विराटनगर विमानस्थलका हालको भन्दा दोब्बर वृद्धि गरी आधा दर्जन एटीआर ७२ आकारको विमान पार्किङ गर्न सकिने गरी एप्रोन विस्तारको काम भइरहेको छ । सरकारले प्रत्येक गाउँपालिकामा हेलिप्याड निर्माणलाई पनि तिव्रता दिएको छ ।

विराटनगर विमानस्थल र झापाको चन्द्रगढी विमानस्थलमा भने नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान गर्नको लागि उपकरण प्रविधि जडान गरी सञ्चालनमा आइसकेको छ ।
सरकारले लिएको पहिला देश अनि विदेश भन्ने नारा अगाडि सार्दै सन् २०२० मा २० लाख पर्यटन भित्र्याएर नेपाल भ्रमण वर्ष मनाउँदै छ । यसको लागि सरकारले हवाई क्षेत्रको पँर्वाधार विस्तारमा जोड दिँदै भएका विमानस्थलको स्तरोन्नती र नयाँ विमानस्थलको निमार्णमा तीव्रता दिँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्