पाँच लाखभन्दा बढीको शेयर किन्दा प्यान अनिवार्य



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा अनिवार्य स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने नियममा लचकता अपनाउँदै पाँच लाखभन्दा बढीको शेयर एकैपटक कारोबार गर्दा प्यान नम्बर चाहिने व्यवस्था गरेको छ ।

आगामी वैशाखदेखि बोर्डले अनिवार्य प्यान नम्बरको नीति ल्याएपछि लगानीकर्ताले त्यसको विरोध गर्दै आएका थिए । लगानीकर्ताको चर्को विरोधपछि बोर्डले आफ्नो निर्णयलाई सच्चाएको हो । पाँच लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ ।

बोर्डले सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोस्रो बजारमार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्थाअनुसार वैशाख १ गतेबाट दोश्रो बजारमार्फत् शेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको जनाएको छ ।

लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्श एवम् अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी सो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।बोर्डको उक्त निर्णयको प्रभाव बिहीबारको शेयर बजारमा परेको छ । अघिल्लो दिन दोहोरो अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक फागुनको अन्तिम दिन बिहीबार ५ दशमलव ४ अंकले बढेर ११५५ दशमलव ५० बिन्दँमा पुगेको छ ।

यस दिन कुल १७१ कम्पनीको १३ लाख ३९ हजार ९७२ कित्ता शेयर ४८ करोड ५८ लाख ७७ हजार ९३१ रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार कारोबार भएका १० उपसमँहमध्ये उत्पादन उपसमँहको मात्रै शेयर घटेको छ । यस उपसमँहको शेयर शँन्य दशमलव २३ अंकले घटेको छ ।

त्यस्तै बैंकिङ उपसमँह ४ दशमलव ५९, होटल उपसमँह ४० दशमलव शँन्य ९, विकास बैंक उपसमँह २२ दशमलव ५४, जलविद्युत् उपसमँह ४ दशमलव ६७, वित्त उपसमँह ५ दशमलव शँन्य ५, निर्जीवन बीमा २२ दशमलव शँन्य ८, अन्य उपसमँह २ दशमलव ३, लघुवित्त उपसमँह २ दशमलव ११ र जीवन बीमा उपसमँह ५ दशमलव ३७ अंकले बढेको छ ।

यस दिन सबैभन्दा बढी कारोबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको भएको छ । यस कम्पनीको २१ करोड रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

समग्र परिसँचक बढे पनि यस दिन रिद्धि हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मँल्य ६ दशमलव १२ प्रतिशतले घटेर ९२ रुपियाँ रहेको छ ।

स्टकका अनुसार तिनाउ डेभलपमेन्ट बैंकका शेयरधनीले ९ दशमलव ८८, युनाइटेड फाइनान्स ९ दशमलव ८८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ दशमलव ३८, सिनर्जी पावर डेभलपमेन्ट ४ दशमलव ९५ सानिमा इक्विटी फण्डका शेयरधनीले ४ दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ६ दशमलव १२, नेपाल हाइड्रो डेभलपर्स ४ दशमलव ३७, एनआइबीएल समृद्धि फन्ड ४ दशमलव ३०, प्रतिशतले कमाएका छन् ।

यस्तै ठँला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक १ दशमलव ३६ बिन्दुले बढेर २४६ दशमलव १० बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्