मेगा बैंकको नाफा साढे ४० करोड



काठमाडौं, (नेस)
मेगा बैंक नेपालको खुद मुनाफा ४० करोड रुपिया“भन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५÷७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरणअनुसार बैंकले खुद मुनाफा ४० करोड ४५ लाख रुपिया“ कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख मुनाफा गरेको थियो । यस वर्ष बैंकले सो अवधिमा ३९४ प्रतिशतले उच्च वृद्धि हासिल गरेको छ ।

बैंकको कुल निक्षेप अघिल्लो वर्षको तुलनामा २६ अर्ब २७ करोडले वृद्धि भई २०७५ असोज मसान्तमा ६६ अर्ब ११ करोड रुपिया“ पुगेको छ जुन ६६ प्रतिशतको वृद्धि हो ।

त्यसैगरी, कर्जा तथा सापटी २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत रहेको छ । मेगा बैंक र साबिक टुरिजम् डेभलपमेन्ट बैंकबीच २०७५ वैशाख ३० गते मर्जर भई संयुक्त कारोबार प्रारम्भ भएको थियो । मर्जरबाट निक्षेप १२ अर्ब ७३ करोडले र कर्जा प्रवाह १२ अर्ब ७५ करोडले वृद्धि भएको बैंकले जनाएको छ ।

मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्टेनसन काउन्टर, १११ वटा शाखारहित बैंकिङ केन्द्रहरु, २ हजार ३ सय भन्दा बढी मेगा रेमिट सञ्जाल र ७९ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्