बाल्गुङको पहिरोमा पुरिएर एकको मृत्यु



अनिल खत्री, गुल्मी ।
बाग्लुङमा पहिरोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । मध्य पहाडी लोकमार्गको बडीगाड गाउपालिका भिङगिठे र ढोरपाटन नगरपालिका बुर्तिवाङको सीमानाको तुरतुरे स्थित ठुलो भ¥याङमा शुक्रबार राति भीषण पहिरो खसेर पैदल यात्रा गर्ने समेत बाटो बन्द भएको थियो ।

सोमबार बुर्तिबङबाट ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा व्यवसाय गर्ने आर्घाखाँची आउँदै गरेकी अन्दाजी ३५ वर्षकी बिबिरन खातुनको पहिरोमा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । गत शुक्रबार राति खसेको पहिरोमा अझै रोकिएको छैन् । पहिरो खस्ने क्रम नरोकिएपछि अवरुद्ध सडकको विकल्प नभएपनि मानिसहरु सोही पहिरो हुँदै बुर्तिबङ भिमगीठे तथा भिमगीठे बुर्तिबाङ वारपार गर्दै आएका थिए ।

मृतक खातुनको शव प्राथमिक स्वास्थ्य केन्द्र बसर्तिबाङमा राखिएको छ । अरुपनि पहिरो क्रस गर्नेक्रममा पुरिन सक्ने आशंकाले प्रहरी सहित स्थानीयहरु अहिले पहिरो खसेको स्थानमा खोज तलास गरिरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक ओम प्रकास यादवले बताए । पहिरो पार गर्दै गरेकी खातुनसँगै अरु पनि पुरिएको हुनसक्ने स्थानिय पत्रकार दिनेश शर्माले बताए ।

पहिरोमा फोटो खिच्दै गरेका पत्रकार शर्माको मोवाइल समेत फुटेको छ । उनि समाचार सम्प्रेषणको लागि पहिरो स्थलमा पुगेका थिए । उनका अनुसार महिलाको खुट्टा देखिएको अबस्थामा शब भएकाले फेला परेको बताए । अरु धेरै मानिसहरु आवत जावत गरिरहेका थिए शर्माले भने,‘ठूलो पहिरो खसिरहेको छ तत्कालै थप जानकारी आउन सक्ने अबस्था छैन् ।’ थप खसेको पहिरो पहिले खसेको भन्दा माथी नै अडिएरको छ ।
शुक्रवार राति खसेको पहिरो सोमबार पनि खस्ने क्रम रोकिएको छैन् । पहिरोले ५ घण्टा वढिगाड खोला थुनिदा ठूलो ताल बनेको छ । शनिवार बिहान ओभर थुनिदा वढिगाड ओभर फ्लो भएर बग्न थालेको थियो । मध्य पहाडी लोकमार्ग भन्दा करिव ५ सय मिटर माथिबाट पहाडै खसेर अहिले लोकमार्ग नै अवरुद्ध छ ।

सडक अवरुद्ध भएसँगै बुर्तिबाङहुँदै वाहिर जाने यातायातका साधनहरु बन्द भएका छन् । बुर्तिबाङ निसी भूजि तमान क्षेत्रमा आउने यात्रुहरुलाई समेत अर्को विकल्पको सडक नभएपछि दिनभर जसो भिमगीठेमै अलपत्र अवस्थामा छन् । आइतवारबाट जोखिम मोलेरै भएपनि पहिरोबाट केहिले पैदल यात्रा गरि रहेका थिए ।


केहीले भिमगीठे हुँदै मालारानी सिमलचौरको बाटो बुर्तिबाङसम्म पैदल आवत जावत गरेका छन् । पहिरोले छेकिएको भागको माथिल्लो स्थानबाट थुनिएको खोला खुलेको र अहिले पनि निरन्तर सोही भागबाट पानी बगिरहेको छ । तर थुनिएको नदीले बनाएको पानीको ताल भने जस्ताको तस्तै छ । साविकको खोला मात्र सो स्थानबाट बगेको छ ।

पानीको बहाव पहिरो गएभन्दा माथि तर्फ बढ्दै जाँदा ढोरपाटन नगरपालिकाको वडा नं २ सिमलचौरमा रहेका देविराम कुमाल र कृष्ण बहादुर कुमालको दुई तले घर गोठ, रामबहादुर कुमालको गोठ डुवानमा परेको छ । सोही स्थानमा चुडाबहादुर कुमालको गोठमा रहेका ३ वटा गोरु गोठमा बाँधेको अवस्थामा डुवेका छन् भने एउटा पोल्ट्री फर्म समेत डुवानमा परेको छ पहिरोले खाला थुनेपछि पहिरो गएको स्थानबाट करिव २ किलो मिटरसम्मको दूरीमासम्म अहिले पनि नदीको ताल बनेको छ ।

पहिरो खरेर बनेको ताल फुटाउन बिज्ञ टोली बोलाइने भएको छ । पहरीले बनेको तालबाट शनिवार बिहान मात्रै ओभर फ्लो भएर बग्न थालेको थियो । तर पहिरोले बनेको ताल कसरी खोल्ने भनेर बिज्ञ टोली आबश्यक परेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।
गृह मन्त्रालयको बिपद महासाखाका अनुरोध गरि सकेका छौं प्रमुख जिल्ला अधिकारी खरेलले भने, ‘चट्टान सहितको माटो खसेर ताल बनेकाले सजिलै ताल खोल्न नसकिने समस्या छ ।’ बलाष्टिङ्ग गरेर ताल खोल्दा एकै चोटी पानी बग्न सक्ने र माथीबाट थप पहिरो पनि खस्न सक्ने सम्भावना रहेकाले तत्कालै बिज्ञ टोलीको आबश्य रहेको बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी खरेलले बताए ।

बम बलाष्टिङ्ग गर्नको लागि पनि पोखरा स्थित नेपाली सेनासँग समन्वय भैरहेको प्रजिअ खरेलले बताए । काठडमाडौंबाट आउने बिशेषज्ञ टोली र नेपाली सेनाको टोलिले अनुगमन तथा अध्यन गरेर मात्रै ताल खोल्ने काम गरिने प्रमुख जिल्ला अधिकारी खरेलको भनाई छ ।
खोला थुनिएपछी अझैपनि त्यस देखी तलको नदी तटीय भाग बाग्लुङ्गका भिङगिठे, खारा, खरबाङ्ग र गुल्मीका भुपाचिदी, मजुवा चोरकाटे उल्लीखोला,रिडी सम्मका नदि किनारका मानिसहरु उच्च जोखिममा परेका छन् । एकैचोटी ताल पुटेर बाहाव खोलामा आए नदि किनारमा रहेका धेरै बस्तीहरु जोखिममा छन् ।
नदि किनारमा रहेका सबै मानिसहरु सुरक्षित स्थानमा बस्न भनिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । उनले ताल कसरी खोल्ने बारेमा बाग्लुङ्गसँग समन्वय भइरहेको बताए । तालले गुल्मी क्षेत्र धेरै जोखिममा रहेकाले त्यसको उचित समाधानको लागि स्थलगत अध्ययन पनि गरिने गुल्मीका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्