गोसाईकुण्ड जादै गर्दा ढुङ्गाले लागेर एकको मृत्यु, दुई घाईते


नेपाल समाचारपत्र, रसुवा ।
रसुवाको धार्मिक तथा पबित्र तिर्थस्थल गोसाईकुण्ड जाने क्रममा पहिरोमा ढुङ्गाले लागेर एक जना तिर्थयात्रीको ज्यान गएको छ । ज्यान जानेमा रौतहट जिल्ला चन्द्रपुर नगरपालीका ४ कि अन्दाजी ३६ बर्षिय नम्रता कार्की रहेकी छिन् ।

जिल्लाको गोसाईकुण्ड गाउँपालिका ५ स्थित घट्टे खोलादेखि ५० मिटर माथि पहिरो गएको स्थानमा एक्कासी ढुङ्गा खस्दा कार्किको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरिक्षक सन्तोष तामाङले बताउनुभयो ।

त्यस्तै पहिरोमा परि रौतहट जिल्ला चन्द्रपुर नगरपालीका ४ का मनोज भट्राई र रमा आचार्य घाईते भएका छन् । टाउकोमा गम्भिर चोट लागेका आचार्यको जिल्ला अस्पताल धुन्चेमा उपचार भईरहेको छ भने भट्राईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । हिजो रौतहटको चन्द्रनिगाहपुरबाट आएका २७ जनाको टोली पबित्र तिर्थस्थल गोसाईकुण्ड जादै थिए । पहिरो गएको स्थान सदरमुकाम धुन्चेबाट करिब ४ किलोमिटरको दुरीमा पर्दछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।