दाङमा चट्याङ लाग्दा एक महिला घाइते



नेपाल समाचारपत्र, दाङ ।
दाङमा चट्याङ लाग्दा एक महिला घाइते भएकी छन् । घोराही उपमहानगरपालिका वडा नं. १० ढिकपुर निवासी हिमा सार्कीलाई आज बेलुकी पख चट्याङ लाग्दा गम्भीर घाइते भएकी हुन् ।
सार्कीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले बताएको छ । चट्याङवाट सार्कीको हात र खुट्टामा गहिरो घाउ भएको छ ।

प्रतिक्रिया दिनुहोस्