वर्षाका कारण कारागार भत्कियो : कैदी आतंकित, सुरक्षामा कडाई



ललित सिंह, बझाङ ।
लगातार तिन दिन सम्म परेको वर्षाका कारण जिर्ण भएको जिल्ला कारागारको १५ मिटर घेरवार शनिवार राति ११ .३० बजे भत्कीदा कारागारमा रहेका कैदी आतकंतिक भएका छन ।

जेल भित्र सुति रहेको अबस्थामा बर्षा संगै जिर्ण भएको कारागारको घेरवार एकासि भत्केपछि जेल भित्र रहेका ५४ जना कैदि बन्दी जेल भित्रै मरिने डरले आतंकति भएका हुन ।

जेल घर निकै पुरानो छ बर्षा लागे संगै पुरै पानी चुहेर भित्र आउन्छ सुत्ने ठाउँ नभएर आलोपालो गरि राती सुत्ने गरेका छु राती सुति रहेको अबस्थामा एका एक ठुलो आवाज आयो घरेवार संगै घर भत्कीएर सबैको एकै चिहान हुनेडरले हामी सबै आतिएर गुहार माग्न थालेको जबरजस्ती करणीमा ११ बर्ष देखि जेल सजाए भोगी रहेका कैदि भरत रावलले बताए ।

उनले भने राती कारागारमा निकै आतंक भयो बाहिर निकाल बाँचन देउ भनेर नारावाजि समेत भए सुरक्षामा बसेका प्रहरी समेत निकै आतंकित भएका थियौ । झन बाँचियो ।

कारागारको क्षमता २५ जनाको भए पनि दोब्बर भन्दा बढि ५४ जना कैदि राखिएका छन । हामीलाई सरकारले मानवले पाउने ब्यबहार नै गरेको छैन । खाने पानी , चर्पि र ढल निकासको समेत राम्रो ब्यबस्था नभएको कतब्य ज्यानको सजाए भागी रहेका अम्मर थापाले बताए ।

उनले भने कदै बन्दिको लागी भनेर निमार्ण गरिएको नयाँ भवनमा हामीलाई सारे पनि राम्रो हन्थ्यो अब घर कुन भत्की ने हो थाहै छैन ।

कारागारको भवन २०४० सालमा निमार्ण गरिएको हो निकै जिर्ण भएको छ यसको क्षमता २५ जनाको भए पनि अहिले हामीले बाध्यताले ४३ जना कैदि र ११ जना थुनुवा गरि ५४ जनालाई जेलमा राख्न बाध्य भएको जेलर राजेन्द्र बोहराले बताए ।

उनले भने नयाँ भवनको काम पुरा भएको छैन । काम सकेर हस्तान्तरण भए पछि कैदिलाई राख्ने हो । घेर वार भत्यके लगतै आफु पनि राती १२ बजे जेल घरमा पुगेर कैदि बन्दिलाई सान्तना दिएको छु ।

अहिले कारागारको कैदि आतंकीत भए पनि बाध्यताले शान्त भएका छन । शान्ति सुरक्षा बिग्रीन नदिन सुरक्षा कडा पारिएको छ राती ११ ः३० देखिनै सुरक्षा कडाई राखेको कारागार ईन्चाज प्र.स.नी सेर बहादुर बुढाउऐरले बताए ।

उनले भने एक्कासी राती कारागारको प्रखाल भत्कीए संगै कैदीहरु आत्नकीत भएर कैदीलाई सम्हाल्दै राती देखि नै आखाँ झिम्म नगरी सुरक्षा दिईरहेको प्रहरी सहयक निरिक्षक सेर बहादुर बुढा ऐरले बताए ।

प्रतिक्रिया दिनुहोस्