भाटभटेनी सुपर मोर्केटमा प्रत्येक महिना २० करोडको कारोबार



सरोज यादव
विराटनगर । विराटनगरमा १५ औँ शाखाको रुपमा नयाँ वर्षदेखि विस्तार भएको भाटभटेनी सुपर मोर्केटले सोचे भन्दा बढी ग्राहकको साथपछि छुटको सेवालाई अर्काे सूचना नभएसम्मका लागि यथावत राखेको छ । हरेक दिन झन्डै १ करोडको कारोबार गरिरहेको सुपर मोर्केटले विश्वकपको समय पारेर टेलिभिजनमा ३० प्रतिशतसममको छुट दिएको विराटनगर शाखाका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिनुभयो ।
मार्केटले इलेक्ट्रोनिक सामानमा २० प्रतिशत र अन्य मामाग्रीमा १० प्रतिशत छुट दिएको छ । सोचेभन्दा बढी ग्राहकको साथ पाएपछि छुटलाई अनिश्चित समयका लागि कायम राखिएको भट्टराईले जानकारी दिनुभयो । गत बैशाख १ गतेदेखि विराटनगर धरान रोडमा संचालनमा आएको भाटभटेनी सुपरमार्केटले शुरुवातका दिनमा प्रत्येक दिन करोड बढीको कारोबार गरेको थियो ।
जानकारी दिनुभयो । धरान ईटहरी उर्लाबारी दमक लहान राजविराज र भारतको जोगबनीका ग्राहकहरु समेत भाटभटेनीमा आउने गरेको भेटिएको छ । देशका विभिन्न स्थानमा शाखा विस्तार गरिरहेको व्यापारिक घराना भाटभटेनी सुपरमार्केटले एकै ठाउँमा सबै उपभोग्य सामान उपलब्ध गराउने उद्देश्यले नेपालको प्रमुख व्यापारिक स्थल बिराटनगरमा भाटभटेनी सुपरमार्केटको १५ औँ व्यापारिक कम्प्लेक्स विराटनगरमा सञ्चालनमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्