हुमागाई केन्द्रीय सदस्यमा मनोनित



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाली कांग्रेस काभ्रेका पूर्व जिल्ला सभापति शिवप्रसाद हुमागाई कांग्रेस केन्द्रीय सदस्य मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले विहिवार हुमागाई सहित लमजुङका दिलवहादुर घर्ति दाङकी शीला शर्मा लाई पनि केन्द्रिय सदस्यमा मनोनित गनुृभएको हो ।

कृष्णप्रसाद सिटौला प्यानलका हुमागाई लामो समय काग्रेसको विभिन्न जिम्मेवारीमा रहेर कार्य गर्दै आउनु भएको थियो । २०३६ सालमा विधार्थी आन्दोलनबाट राजनीति शुरु गरेका हुमागाईले २०४० देखि २०४६ सम्म नेविसंघ जिल्ला सभापतिको रुपमा समेत नेतृत्व सम्हाल्नु भएको थियो । २०४८ देखि २०५१ सम्म क्षेत्र नं ३ को सभापति र जिल्ला सभापतिको भुमिका निर्वाह गर्नुभएका हुमागाईले १५ बर्ष काभ्रे जिल्लामा पार्टीको नेतृत्व गर्नुभएको थियो ।

२०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुमागाईले २०५९ सालमा केन्द्रीय संगठन विभागको सदस्य सचिव भएर पनि काम गर्नुभएको थियो । पटक पटक जेल जीवन विताएका हुमागाईकै नेतृत्वमा २०६२/६३ सालको जनआन्दोलनमा बागबजारमा कफ्र्यु तोडिएको थियो । पार्टीले जिम्मेवारी दिएकोमा खुशी व्यक्त गर्दै केन्द्रिय सदस्य हुमागाईले पार्टी संगठन निर्माणमा केन्द्रीत हुने बताउनु भएको छ ।

काग्रेस सभापति देउवाले विहिवार नै पार्टी विधानको धारा ४९ (१३) क र ख बमोजिम दमननाथ ढुङ्गाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनित गर्नुभएको काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्