दुर्घटनामा एकको मृत्यु



धादिङ । बेनिघाटरोराङ गाउँपालिका वडा न.ं ३ मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ न.ं को मोटरसाइकलले सोही दिसामा जाँदै गरेको बा ४ ख १८९९ न.ं को ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरकिा प्रहरी निरिक्षक संजय तिमल्सीनाले बताउनुभयो ।
दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाटरोराङ गाउँपालिका वडा न.ं ४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकमललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्