जनवादीका विद्यार्थी खुला आकाशमुनि पढ्छन्



सिर्जना पन्त, बागलुङ । ।
बागलुङको पश्चिम ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी पढन बाध्य छन् । १ कक्षा देखि ८ सम्म अध्यापन हुने यस विद्यालयमा ४ सय बालबालिका अध्यायन गर्छन ।

तर विद्यालयसंग ५ वटामात्र जीर्ण कोठा छ । विद्यालसंग भौतिक संरचना कम र भएको पनि जीर्ण भएकै कारण यहाँका विद्यार्थीहरु खुल्ला चौरमा पढन बाध्य भएका हुन । ढोरपाटन नगरपालिका–७ नबीमा रहेको यस विद्यालय घुम्ती विद्यालय हो । यहाँ गर्मीको सिजनमा पढाई हुन्छ भने हिउँदामा यो विद्यालय बोबाङमा सर्छ । ढोरपाटनमा रहेको यस विद्यालयमा फागुन देखि कात्तिक सम्म पढाई हुन्छ । जाडो मौसममा भने हिउँ पर्ने भएकाले अभिभावक सपरिवार पशुबस्तु लिएर बेसीं झर्छन्  । उनीहरूसँगै बालबालिका पनि झरेपछि ढोरपाटनको विद्यालय बन्द हुन्छ र बोबाङमा रहेको तल्लो विद्यालय सञ्चालनमा आउँछ  ।

बोबाङमा रहेको विद्यालयको भौतिक संरचना पनि जीर्ण र अपुग छ । जाडोमा अत्याधिक जाडो र गर्मी मौसममा पनि तीन हजार मिटरभन्दा माथिल्लो उचाईमा भएका कारणले यस क्षेत्रमा दैनिक पानी परिरहन्छ । पानी परेको समयमा सबै विद्यार्थीलाई एउटै कोठाभित्र राख्नुपर्ने बाध्यता छ ।

तर विद्यालयका कोठाहरुमा नअटाएका विद्यार्थीहरु पानी परेपछि घर जाने गरेको विद्यालयका प्रध्यानध्यापक देबहादुर सुनारले बताए । सुनारको अनुसार विद्यार्थीहरु आफ्नो घरको काम नभ्यायसम्म विद्यालय आउँदैनन् । अविभावकमा छोराछोरीलाई पढाउँनुपर्छ भन्ने चेतना नभएकै कारण यस क्षेत्रका विद्यार्थीहरुले समेत घर, गाईबस्तु हेर्ने काम सकेपछि मात्र पढान आउँने गर्छन । तिन जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा ८० प्रतिशत भन्दा बढी दलित समुदायका बालबालिका अध्यायन गर्छन । ४ सय विद्यार्थी रहेको विद्यालयमा ३ सय ८० जना दलित समुदायका बालबालिका छन् ।

अविभावकहरुले चन्दा उठाएरै भएपनि सामान्य तलब दिएर अन्य ५ जना शिक्षकहरु पालेका छन् । दुर्गममा रहेको यस विद्यालयलाई सरोकारवालाहरुले सदरमुकामका सम्पन्न विद्यालयहरु सरह व्यवाहार गरेको प्रअ सुनारको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्