३३ किलो सुन प्रकरणमा मुछिएकाहरु आत्महत्या गर्दै प्रहरीका एसएसपीदेखि सुन मालिक सम्म समातिए



 

काठमाडौ । अवैध रुपमा नेपाल प्रवेश गरेको ३३ किलो सुन प्रकरणमा संलग्न रहेको आशंकामा समातिएका एक अभियुक्तले प्रहरी हिरासतभित्रै आत्महत्या गरेका छन ।
प्रहरीले उक्त सुन काण्डमा संलग्न रहेको अभियोगमा बर्दियाको राजापुर निवासी प्रेम चौधरीले महानगरीय प्रहरी बृत्त सिंहदरवारको थुनुवा कोठामा नै आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
सिंहदरबार प्रहरीको लार्पवाहीको कारण चौधरीले आत्महत्या गरेको पीडितका परिवारले बताएका छन । भित्रुवन बिमानस्थलमा लोडरको रुपमा कार्यरत रहेका चौधरीको आत्महत्यापछि प्रहरी प्रमुख अपिल बोहोरालाई महानगरीय आयुक्त कार्यालयले आन्तरिक रुपमा छानवीन गरिरहेको छ ।
सोही सुन काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले आरके ज्वर्यलसका संचालक राजेन्द्र शाक्यालाई प्रहरीले पक्राउ गरी सकेको छ ।
गत माघको अन्तिम साता दुवइबाट काठमाडौ भित्रिएको सुन सम्वन्धित ब्यक्तिकहा नपुगी बीचबाटोबाटै गायव भएको थियो । उक्त सुनका भरिया शनम शाक्यको हत्या भएपछि प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सइ बालकृष्ण संजेलको संलग्नता देखिएपछि प्रहरी प्रधान कार्यालयले उनलाई मुख्यालय तानेर छानवीन गरिरहेको छ । प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले छुट्टाछुट्टै टिम बनाएर घटनाको अनुसन्धान गरीरहेको बेला चौधरीले आत्महत्या गरेका हुन । प्रहरीले अहिले सम्म २० जनालाई सुन तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्