लुुम्बिनी अंचल अस्पतालको १ विगाह जग्गा नै गाएब



बजार मुल्य अनुसार १ अर्ब १ करोड ३० लाख भन्दा बढी पर्ने

यमलाल भुसाल, बुटवल ।

लुम्बिनी अंचल अस्पताल बुटवलको १ विगाह ५ कठृा साढे ६ धुर जग्गा हराएको छ ।

वजार मुल्य अनुसार उक्त जग्गाको १ अर्ब १ करोड ३० लाख भन्दा बढी मुल्य पर्ने सरोकारवालाले बताएका छन ।
विस २०२७ सालको नापी कार्यालयको रेकड अनुसार अस्पतालको लालपुर्जामा साविक कित्ता नम्बर ६ मा ८ विगाह ४ कठृा ९ धुर उल्लेख भएतापनि २०५१ मा टृायल चेक गर्दा अस्पतालको जग्गा ७ विगाह १६ कठृा पौने ४ धुर जग्गा भएको देखिएको थियो ।

विस २०६३ माघ १५ गते भएको पुनः नापीमा अस्पतालको जग्गा ६ विगाह १० धुर सवा १७ कठृा मात्र भएको नापी कार्यालय बुटवलका नापी सर्वेक्षक राजिव बस्नेतले बताउनु भयो ।

अंचल अस्पतालले नापी कार्यालय बुटवललाई यही २०७४ साल माघ २५ गते जग्गा खोजिदिन भनी लिखित पत्र पठाए पछि अस्पतालको जग्गा हराएको सार्वजनिक भएको हो ।

अस्पतालले नापी कार्यालय बुटवललाई लेखेको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय रुपन्देही ,बुटवल उपमहानगर पालिका र मालपोत कार्यालयलाई समेत बुझाएको छ ।

मालपोत कार्यालय बुटवलका सुचना अधिकृत कृष्ण पन्थीका अनुसार अस्पतालको पुर्व तर्फ महेन्द्र राजमार्गले आफनो सडकको नम्स अनुसार साविक जग्गा किन ६ को पुर्व उत्तरकुनातर्फ ४ हजार ५ सय १४ दशमलव १७ वर्ग मिटर जग्गा तथा अस्पतालको ठाडो उत्तर बीचभागमा सडकको पुरै भाग अर्थात ३९ हजार ७ सय ९९ दशमलव ८० वर्ग मिटर सडकमा परेकोले अस्पतालको जग्गा कमी भएको बताउनु भयो ।

त्यसै गरी अस्पतालको पश्चिमतर्फको कालिका पथले बुटवलउपमहानगर पालिकाको नियम अनुसार सडक नयाँ नापीमा कायम गरेको जुन साविक किन ६ मध्येवाट नै सडकमा पर्न गएकाले अस्पतालको जग्गा कुनै व्यक्तिकोमा नपरेको र व्यक्तिले सडकको लागि छाडनु पर्ने जग्गा नछाडी पुरै अस्पतालको जग्गामा मात्र सडक बनाएकोले जग्गा घटन गएको नापी कार्यालय बुटवलका प्रमुख ध्रुव मरासिनीले बताउनु भयो ।

अस्पताल लाईन , नेपालगञ्जरोड र कालिका पथमा पुरै अस्पतालको जग्गामा सडक बनेको उक्त सडक विस्तार हुदा अस्पतालमा रहेका विकास समितीका पदाधिकारी अस्पताल प्रशासनको कमजोरीका कारण अस्पतालको जग्गामा सडक बनाएर बजारका टाठाबाठाले आफनो जग्गा जोगाएको पुष्टि भएको नापी कार्यालयले जनाएको छ ।

विस २०४५ साल देखि हाल सम्म १४ जना अध्यक्ष अस्पतालमा विकास समितीको अध्यक्ष नियुक्ति भैसकेका छन ।

तर ति अध्यक्षले अस्पतालको जग्गाको खोजविन गर्न नसक्नु कमजोरीमा रुपमा लिईएको छ । अस्पतालमा विसं २०४५ साल पछि लाल काजी गुरुङ, सुर्य प्रसाद प्रधान, वसन्त ध्वज जोशी, दामोदर ज्ञवाली ,भिम तुलाचन, जनक कोईराला,द्धारीका उदय,बावुराम भटृराई प्रकाश चन्द्र श्रेष्ठ ,राम बहादुर कार्की, राजेन्द्र गुप्ता, डा प्रायश्चित श्रेष्ठ राजनैतिक नियुक्तिका आधारमा अध्यक्ष भैईसक्नु भएको छ ।हाल अस्पतालमा युवा रमेश खनाल अध्यक्षमा बहाल रहनु भएको छ ।

अध्यक्ष खनालको सल्लाहमा अस्पतालको जग्गा खोजविनका लागि मेडिकल सुपरिटेण्ट डा कृष्ण खनालले नापी कार्यालयलाई पत्र पठाउनु भएको हो ।

बुटवलको मुटुमा रहेको र अत्यन्तै महत्वपुर्ण स्थानको अस्पतालको जग्गा हराएको वारे अनुसन्धान गरी यर्थातता सार्वजनिक गर्ने अध्यक्ष खनालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्