विद्यार्थीले आत्महत्या गरेपछि तनाव, कलेजले यातना दिएको भन्दै विद्यार्थी सडकमा



यमलाल भुसाल, बुटवल ।
कलेजबाट घर फर्किएलगत्तै एक बिद्यार्थीले आत्महत्या गरेपछि बुटवलको अक्सर्फोड कलेजमा तनाब सिर्जना भएको छ ।

रुपन्देहीको सालझण्डी घर भएका बिक्रम सापकोटा सोहि बिद्यालयमा ब्यबस्थापन संकाय कक्षा १२ मा बिहानी समुहमा अध्ययन गर्दथे ।

शिक्षकले अनावश्यक लान्छना लगाउदा सहपाठी विद्यार्थीले ‘आत्महत्या’ गरेको भन्दै विद्यार्थीहरु सडकमा र बिद्यालयमा न्याय माग्दै उत्रिएका छन् ।

विक्रमले फागुन ११ गते शुक्रबार दिउसो ३ बजे घरमै आत्महत्या गरेका हुन् । शुक्रबार बिहान कलेज पढ्न आएका विक्रमलाई मदिरा खाएर आएको भन्दै कलेज प्रशासनले अभिभावकलाई खवर गरिदिएको थियो ।
‘उसले मदिरा खाएकै थिएन, रगत चेक गर्नुसभन्दा पनि कलेजले वेवास्था गरी घरमा खबर गरिदियो, त्यही टर्चरले उसले आत्महत्या गर्यो ’सरहरुले सानो सानो कुरामा बिद्याँलयमा हामीलाइ टिर्चर दिनेगरेकोआन्दोलनका संयोजक सरोज खनालले बताए ।

बिद्यार्थीहरुले बुटवल बजारमा प्रर्दशन गर्दै न्यायको अपील गरेका हुन् । उनीहरुले घटनाको सत्य तथ्य अनुसन्धान गर्न प्रशासनसंग माग गरेका छन् । सुरक्षाकर्मीको पहरामा कलेजमा सुरक्षा दिइएको छ । आफुहरुको आन्दोलन न्याय नपाएसम्म नटुंगिने सहसंयोजक पबित्रा शिरिषले बताइन् ।

घटनापछि बुटवलका अन्य बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले पनि आन्दोलनमा साथ दिदै बिद्यालय परिषरमा पुगेका थिए ।

कलेजमा आएका विद्यार्थी बिहानै ४० मिनेटसम्म कक्षा कोठामा नआएको र पछि कोठामा आउदा विक्रमसंगैका साथीले मादक पदार्थ सेवक गरी विद्यालयमा आएको र अभिभाबकको जिम्मा लगाएको विद्यालयका प्राचार्य दिनेश भुसालले बताउनु भयो ।

मादकपदार्थ सेवन गरेका विद्यार्थीका अभिभावकलाई बोलाएर उनको जिम्मा लगाएको र विक्रमको परिबारलाई पनि फोनबाट छोरो गलत संगतमा लागेको जानकारी मात्र गराएको प्राचार्य भुसालल बताउनु भयो । कलेजमा कुनैप्रकारको मानसिक तनाब नदिइएको भुसालको दाबि छ । बिद्यार्थीहरुले सत्यतथ्य बुझी छानबिन गर्न माग गर्दै बिद्यालय,प्रशासन र बिद्यार्थी बिचमा बार्ता टोली बनाएर छलफल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्