चार दलले बुझाए उम्मेदवारको सूची



सुनील महर्जन, काठमाडौं
चारवटा राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारको सूची सोमबार निर्वाचन आयोगमा बुझाएका छन्।

आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउन दललाई तीन दिनको समय दिएको थियो। अन्तिम दिनमा समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने दलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी रहेका छन्। नेकपा एमालेले समानुपातिक उम्मेदवारको सूची आइतबार बुझाएको थियो।

आयोगले समानुपातिकतर्फ थे्रस होल्ड कटाएका पाँचवटा दललाई उम्मेदवारको सूची बुझाउन गत शुक्रबार पत्राचार गरेको थियो। ३ प्रतिशत थ्रेस होल्ड कटाउने ५ राष्ट्रिय दलले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सिट पाएका थिए। आयोगका अनुसार समानुपातिकतर्फ एमाले ४१, कांग्रेस ४०, माओवादी केन्द्र १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ⁄छ सिट प्राप्त गरेका छन्। आयोगले पत्राचार गरेअनुरूप समावेशी दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू र मुस्लिमको कलस्टर निर्धारण गरेर दलहरूले नाम सिफारिस गरेका थिए।

आयोगमा बुझाइएको सूचीअनुसार मधेसी महिलातर्फ रेणु यादव, खस महिलामा सरिता गिरी, मुस्लिम महिलामा रोही नाज, जनजाति पुरुषमा राजेन्द्र श्रेष्ठ, जनजाति महिलामा रेणुका गुरुङ र दलितमा कलुदेवी विश्वकर्माको नाम सिफारिस गरिएको छ।

आइतबार राति सम्पन्न पार्टीको पदाधिकारीसहितको बैठकले सो निर्णय गरेको थियो। समानुपातिकतर्फबाट पाएको ६ सिटमा महिला नै पठाउनुपर्ने भएकाले राजपाले ६ जना नै महिलाको नाम आयोगमा बुझायो। सो पार्टीबाट आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी, खस आर्य महिलातर्फबाट निर्जला राउत, दलित महिलाको तर्फबाट दुलारीदेवी खंग, मधेसी महिलाको तर्फबाट चन्दा चौधरी र मुस्लिम महिलाबाट चुन्नी खातुन (सोनिया) लाई सिफारिस गरिएको छ। यसै गरी नेपालको संविधानको धारा ८४ को उपधारा (८) मा संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तीमा एकतिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था छ।

दलहरूले प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सिट संख्याका आधारमा समानुपातिकतर्फबाट महिलाको संख्या कम्तीमा एकतिहाई पुर्याउनुपर्नेछ। सोहीअनुरूप महिलाको सिट संख्यासमेत उल्लेख गरेर पत्राचार गरिएको थियो।

नामावलीलाई आयोगले समावेशी समूह र क्रमअनुसार मिले⁄नमिलेको जाँच गरी नमिलेका दललाई सच्याएर ल्याउन पुनः दुई दिनको समय दिने कानुनी व्यवस्था रहेको प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

कांग्रेसतर्फ
खस आर्य (पुरुष)
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
मोहन पाण्डे
खसआर्य (महिला)
सुजाता कोइराला
पुष्पा भुसाल
डा. डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
दीपशिखा शर्मा
आदिवासी जनजाति (पुरुष)
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा
दिव्यमणि राजभण्डारी
आदिवासी जनजाति (महिला)
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा
मधेसी (पुरुष)
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय
मधेसी (महिला)
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा
दलित (पुरुष)
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली स्नेही
दलित (महिला)
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली
थारू (पुरुष)
पद्मनारायण चौधरी
थारू (महिला)
पार्वता डिसी चौधरी
नमिताकुमारी चौधरी
मुस्लिम (पुरुष)
अतहर कमाल मुसलमान
मुस्लिम (महिला)
सर्वतआरा खान

माओवादीतर्फ
आदिवासी जनजाति (महिला)
जयपुरी घर्ती
शशी श्रेष्ठ
ओनसरी घर्ती
यशोदा सुवेदी गुरुङ
अमृता थापा
खस आर्य महिला
पूर्णकुमारी सुवेदी
रेखा शर्मा
धर्मशीला चापागाईं
सीता पोखरेल
सत्या पहाडी
मधेसी महिला
इन्दु शर्मा
बोधमाया यादव
दलित महिला
अञ्जना विशुंखे
दुर्गा विक
थारू महिला
रामकुमारी चौधरी
मुस्लिम महिला
शेखतारा चाँद
खस आर्य (पुरुष)
हितराज पाण्डे

प्रतिक्रिया दिनुहोस्