धनकुटामा तनावः आन्दोलनकारीले गरे प्रशासन कार्यालयमा तोडफोड



नेपाल समाचारपत्र, धनकुटा ।

प्रदेश नं. १ को राजधानी धनकुटा बनाइनु पर्ने मागसहित धनकुटावासीले आन्दोलन चर्काएका छन् । बिहानैदेखि आन्दोलनमा अत्रिएका उनीहरुले आन्दोलनरत् धनुकेटाको क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी समेत गरेका छन् ।

आगजनीका कारण कार्यालयको दुईवटा कम्प्यूटर, प्रिन्टर लगायतका अन्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,धनकुटाले जनाएको छ ।

आन्दोलनकारीले कार्यालयको झ्याल ढोका समेत तोडफोड गर्दै आन्दोलनलाई तिब्र बनाएका छन् ।

यसअघि सरकारले प्रदेश नं. १ को अस्थाई मुकाम विराटनगरलाई तोकिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्