संखुवासभामा जीप दुघर्टना,गाउँपालिका अध्यक्षसहित ६ को मृत्यु



ईन्द्र गिरी, संंखुवासभा ।
संखुवासभाको मकालु गाउँपालीका स्थित पाथीभराको समाटारमा आइतबार मध्यान्न १२ बजे जीप दुर्घटना हुँदा मकालु गाउँपालीकाका अध्यक्ष सहित ६ जनाको मृत्यू भएको छ ।

दुर्घटनामा मकालु गाउपालीकाका अध्यक्ष खड्ग बहादुर कटुवाल, मकालु गाउपालीका एमाले नेता सुरेस राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवास कुईकेल, भुकम्प कार्यालयका प्राविधिक दुई जना र चालकको मृत्यू भएको प्रहरीले जनाएको छ ।

मकालु गाउपालीका वाड्नं. ३ स्थित समाटारको घुम्तिमा दुर्घटना भएको उक्त जिप ५ सय मिटर तल अरुण नदिको बगरमा खसेको स्थानियवासीले बताएका छन । दुर्घटनामा परेका ६ जना क्षत विक्षत अवस्थामा भेटीएको स्थानियवासीले बताएका छन ।

संखुवासभा जिल्लाको भोटखोला गाविस स्थित गोलामा भोली माघ १ गते भुकम्प सम्वन्धि एक दिेने अनुशिक्षण कार्यक्रमकालागी उक्त टोली जादै गर्दा दुर्घटनामा परेको बताईएको छ । भुकम्पका प्राविधिक र चालकको नाम खुल्न सकेको छैन ।

दुर्घटनामा भुकम्पीय आवास पुन निर्माण आयोजना काठमाण्डौबाट आएको जिप दुर्घटनामा परेको बताईएको छ । प्रहरी घटना स्थलमा पुगेको र दुर्घटना छानविन शुरु गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्