कुखुराको खोरमा आगलागी


कलैया, बारा जिल्ला फेरा गाउँपालिका वडा नं ७ मा गए राति १ बजे कुखुराको खोरमा आगलागी हुँदा करिब रु ४५ हजार बराबरको क्षति भएको छ ।

फेरा–९ पुरैनिया गाउँ बस्ने इब्राहिम महम्मद ठकुराईको कुखुरापालन गरिएको खोरमा अचानक विद्युत् प्रवाह बढी भई आगलागी हुँदा करिब कुखुराका करिब ७०० चल्ला, पाँच बोरा दाना, साइकलसमेत नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।