काभ्रेमा स्थानीय र प्रहरीबीच झडप, ६ सेल अश्रुग्यास प्रहार


नेपाल समाचारपत्र, काभ्रे ।
वीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।
बसबाट खसेर नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार मृत्यु भएपछि उनका आफन्त र स्थानीयले मंगलबार विहानदेखि सडक अवरुद्ध पारेपछि प्रहरीले बल प्रयोग गरेर सडक सुचारु गर्न खोज्दा झडप भएको हो ।

आन्दोनमा उत्रिएका स्थानीयलाई हटाएर सडक खुलाउन प्रहरीलाई ६ सेल अश्रुग्यास पनि प्रहार गरेको छ ।
आइतबार बा ३ ख ५९५५ नम्बरको बसबाट खसेर तामाङको मृत्यु भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।