‘प्रदेश नं. ७ को राजधानी पहाडमै हुनु पर्छ ‘



ललित सिंह, बझाङ । प्रतिनिधि शभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भए संगै अहिले कुन प्रदेशको राजधानी कहाँ राख्दाँ उपयुक्त हुन्छ भन्नेमा बिजयी उम्मेद्धार र स्थानीय जनताहरु लागी रहेका छन् । त्यस्तै प्रदेश नं. ७ को राजधानी पनि पहाडमै हुनु पर्ने बझाङ्गी जनताले आवाज उठाई रहेका छन् ।
प्रदेश नं. ७ को राजधानी दिपायल हुनु पर्ने मा जोड दिए का छन् । बिकासत्मक ढंगले पनि तराईका क्षेत्रमा बिकास भैसकेको छ । पहाडका जिल्लामा बिकास नभएकाले तराई र पहाडका ९ जिल्लाकै बिचमा रहेको प्राचीन हिसाबले पनि राम्रो रहेको सुदुरपश्चिमको राजधानी नै दिपायल भएकाले अझपनि दिपायलमै हुनुपर्ने श्याम नेपालीले बताए ।
तराईमा २ जिल्ला र पहाडमा ७ वटा जिल्ला छन् । बिकासको दृष्टी कोणले पनि तराईमा बिकास भैसकेको छ पहाडका ७ जिल्लामा बिकास हुन बाँकी छ त्यसैले प्रदेश नं. ७ को बिच सेन्टर भनेको पहिले देखिनै दिपायल नै हो त्यसैले प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्नेमा स्थानीय ब्यापारी नरेन्द्र खड्काले बताए ।
दिपायल चर्चामा आएको प्रदेश नं. ७ को अस्थायी राजधानी तोकीसकेको छ । त्यसैले तराईका २ जिल्लामा मात्र सिमीत भएर धनगढीमा राजधानी बनाउनु उचित हुदैन् पहाडका ७ जिल्ला छन् त्यसैले सबैको बिच पाईक पर्ने ठाँउ दिपायनै भएकाले सबै बझाङ्गी जनताको यही भनाई रहेको नेपाल शिक्षक संघका जिल्ला उपाध्यक्ष बिरेन्द् सिहंले बताए ।
राजधानी बिभिन्न ३ ठाउँमा राख्नु पर्छ भन्नेमा चर्चा परिचर्चा चलीरहदाँ तराईको अत्तरिया , बिच पहाडको दिपायल , र बझाङ्गको बित्थडमा राखनु पर्छ भन्नेमा कुरा चलीरहेको छ । बझाङ्गको बित्थड पनि छिमेकी राष्ट्र चिनको ताक्लाकोट पनि सिमान नजिक छ र तराईमा बिकास भैसकोको छ । पहाडी जिल्लाको बिकास हुन सकेको छैन त्यसैले प्रदेश नं. ७ को राजधानी बझाङ्गको बित्थडमा राख्नु पर्नेमा आफु लागी रहेको प्रतिनिधि सभा सदस्यमा तत्कालै बिजयी उम्मेद्धार भैरब बहादुर सिंहले बताउनु भएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निवार्चन सम्पन्न भए संगै बिकट हिमाली जिल्ला बझाङ्गका स्थानीय बासीन्दाको माग आफ्रनो प्रदेशको राजधानी पहाडमै हुनु पर्छ भन्नेमा जोड दिईरहेका छन् । भौतक पूर्वाधार बिकासका कारणले पनि कम बिकास भएको र भौगोलिक दृष्टि कोणले पनि बिकट भएकाले प्रदेश नं. ७ मा पर्ने ९ जिल्लाहरु मध्ये ७ वटा जिल्ला पहाडमै भएको हुनाले प्रदेश नं. ७ को राजधानी सबै जिल्लाको पायक पर्ने बिच सेन्टर दिपायल राख्दाँ सबैलाई सहज हुने स्थानीय जनगुनासो रहेको छ । हाम्रो माग पुरा नभए हामी चरण बद्ध आन्दोलन गर्न तैयार रहेका छौ ।

प्रतिक्रिया दिनुहोस्