मध्यरातमा आठ पसल जले, पाँच करोडको क्षती



सुर्खेत । वीरेन्द्रनगरस्थित बसपार्क नजिकै रहेका फेन्सी पसलमा गएराती आगलागी भएको छ । आगलागीबाट ८ पसल जलेर नष्ट भएका छन् । आगलागीमा झण्डै पाँच करोड रुपपैयाँ बढी क्षती भएको हो ।

गएराती ९ः४५ बजे लागेको आगो राती १२ बजे नेपाल प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुले डोजर र दमकलको सहयोगमा नियन्त्रणमा लिएका थिए । बिहान फेरी आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी प्रमुख गणेश चन्दले बताए ।

‘आगो नियन्त्रण लिन वीरेन्द्रनगर र भेरीगंगा नगरपालिकाका दुई दमकल, पानी ट्यांकरको सहयोगमा आगो निभाएका थियौं मध्यराती फेरी शुरु भएछ’ चन्दले भने,‘बिहान पुनः दमकल बोलाएर आगो नियन्त्रणमा आएको छ ।’ आगलागीबाट ६ वटा फेन्सी पसल, सब्जी मण्डी र नास्ता पसल पूर्ण क्षती भएको छ ।

आगलागीको कारण नखुलेपनि पसलमा जोडिएको विद्युत तार सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि विद्युत सर्ट भएर वीरेन्द्रनगरको जुम्लारोडमा पुस्तक पसल र वीरेन्द्रचौकको फेन्सी पसलमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्