भालुको आक्रमण बाट डोटीमा एकको मृत्यू



विमल विष्ट, डोटी । भालुको आक्रमणमा परि डोटीमा एक महिलाको मृत्यू भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार जिल्लाको पुर्विचौकी गाउपालिका ६ बस्ने बर्ष अन्दाजी ३०÷३५ की किसरादेबी भुलको मृत्यू भएको हो । घर नजिकैको जंगलमा आज बुधबार दाउरा काट्न गएको बेला उहाँलाई भालुले आक्रमण गर्दा उनको मृत्यू भएको हो । डोटीमा भालुको आक्रमणमा परी यो बर्ष मात्रै एक दजर्न बढी घाईते भईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्