महोत्तरीमा १५ हजारभन्दा बढी मत बदर



महोत्तरी । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार २८० मत बदर भएको हो ।

कूल तीन लाख १७ हजार ६७९ मतदाता रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा जिल्लाको सबै क्षेत्रमा दुई लाख १४ हजार ७९९ मत खसेको थियो ।

चार प्रतिनिधि र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा ७.१४ प्रतिशत मत प्रतिनिधिसभामा र ५.८६ प्रतिशत मत प्रदेशसभामा गरी जम्मा १३ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी रायले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्