नवनिर्वाचित सांसदले शुरु गरे पुनः घरदैलो अभियान



सिर्जना पन्त, बागलुङ ।

निर्वाचन जितेपछि गाउँ नर्फकने परिपाटीलाई तोडदैं बागलुङका नवनिर्वाचित सांसदहरु मतदातालाई भेटन गाउँ छिरेका छन् । मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनबाट विजयी भएका बाम गठबन्धनका सांसदहरु मतदाताहरुलाई धन्यवाद दिन फेरी गाउँ छिरेका हुन ।

निर्वाचनको समयमा भोट माग्न मात्र गाउँ पस्ने र चुनावी सभा, घर दैलो तथा मतदाता भेटघाट गर्ने नेताहरु विजयी भएपछि पुन घर दैलोमा निस्केको देख्दा मतदाताहरु समेत अचम्ममा परेका छन् । ‘यसपटक अनौठो भएको छ, निर्वाचनको समया गाउँ आउने नेताहरु पुनःनिर्वाचनको समय नआउँदा सम्म नर्फकिने नेताहरु चुनाव जितेको भोलिपल्टैबाट गाउँ–गाउँ आएका छन्, बानपा–३ का बाबुराम केसीले भन्नुभयो, नेताहरुको फेरीको व्यवहारले हामीहरुमा उत्साहा थपएिको छ ।’

चुनाव जितेपछि सांसदहरु गाउँ फर्किदैनन भन्ने आम जनताहरुको गुनासोलाई सम्बोधन गर्न आफुहरु गाउँ फर्क अभियानमा लागेको निर्वाचित सांसदहरुले बताएका छन् । यतिवेला विजयी बाम गठबन्धनका सम्पूर्ण सांसदहरुले मतदाताहरुलाई धन्यवाद दिन व्यस्त छन् । बागलुङ जिल्लामा प्रतिनिधि सभामा २ र प्रदेससभामा ४ जना सांसदहरु निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा १ मा डा. सुर्य पाठक, २ मा देवेन्द्र पौडेल तथा क्षेत्र नम्बर १ प्रदेस सभा (१) मा इन्द्रलाल सापकोटा, प्रदेस सभा (२) मा कृष्ण थापा तथा क्षेत्र नम्बर २ प्रदेस सभा (१) मा सांसद चन्द्र बुढा मगर र (२) मा टेक वहादुर घर्ती निर्वाचित भएका हुन । उनिहरुले आम मतदाताहरुलाई आफुहरुर्ला मतदान गरि विजयी गराएको भन्दैं धन्यवाद दिन पुनः घर दैलो अभियानमा हिडेको बताएका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद सुर्य पाठकले जनताले आफुहरुलाई देश वदल्ने विश्वासका साथ विजयी गराएको भन्दै देश बदल्ने अभियान आफ्नो जिल्ला र समाज बदलेर शुरुवात गर्नै प्रतिवद्धताका साथ मतदाताको घरदैलोमा पुगेको बताउँनुभएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सांसद देवेन्द्र पौडेलले अबको कार्यभार जनताको भावना अनुसारको नीति निर्माण गर्ने र जनताको आर्थिक स्तर वृद्धिगर्ने भएको भन्दैं निर्वाचनको प्रचार प्रसारको क्रममा आफुहरुले जनतासमक्ष गरेका बाचाहरु पुनःस्मरण गराउँदैं सोही अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गदैं जनतालाई धन्यवाद दिन गाउँ छिरेको बताउँनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्