नुवाकोटमा ६ प्रतिशत मत बदर



शालिकराम चालिसे, नुवाकोट । नुवाकोटमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नुवाकोटमा ६ प्रतिशत मत बदर भएको छ ।

नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा गरि आठहजार चारसय ४० मत वदर भएको छ । जिल्ला निर्वाचन कार्यलय नुवाकोटले जनाएको छ । प्रतिनिधसभा क्षेत्र नं. १ मा कुल एकलाख पांचहजार दुई सय ८७ मतदाता रहेकोमा ६९ हजार आठसय ६४ मत खस्दा तीन हजार ६ सय ७० मत वदर भएको निर्वाचन क्षेत्र नं १ का निर्वाचन कार्यालयका सुचना अधिकारी कृष्ण रिजालले जानकारी दिनुभयो ।

त्यस्तै क्षेत्र नं. २ मा ६९ हजार आठसय २७ मत खसेकोमा तीन हजार ६ सय ७० मत बदर भएको जनाइको छ । क्षेत्र नं. १ मा ५ दशमलव २५ प्रतिशत र क्षेत्र नं. २ मा ६ दशमलव ८३ प्रतिशत मत वदर भएको जिल्ला निर्वाचन कार्यलय नुवाकोटले जनाएको छ ।

निर्वाचनको वेला मतदाता शिक्षो प्रभावकारी नहुनु र झन्झटिलो मतपत्र भएकोले पनि बदर मतको संख्या बृद्धि भएको आम मतदाताहरुको भनाइ छ । २ प्रतिनिधिसभा र ४ प्रदेशतह रहेको नुवाकोटको सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका थिए ।
नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनका हितबहादुर तामाङले र क्षेत्र नं २ मा वाम गठबन्धनकै नारायण प्रसाद खतिवडाले फराकिलो मतान्तरमा कांग्रेसका नेता डा. रामशरण महत र अर्जुननरसिंह केशीलाई पराजित गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्