पर्वतमा समानुपातिक मत गणना सम्पन्न, एमाले पहिलो



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लामा समानुपातिक तर्फको मतगणनामा पनि सम्पन्न भएको छ । मंगलवार विहान सकिएको समानुपातिक तर्फको मतणनामा प्रतिष्पर्धी दलहरुलाई पछि पार्दै नेकपा(एमाले)ले सवैभन्दा बढि मत प्राप्त गरेको छ ।

प्रतिनिधीसभाको समानुपातिक मत मध्ये नेकपा(एमाले)ले ३० हजार ९ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २५ हजार १ सय ९० मत प्राप्त गरेको छ । नेपाली काँग्रेस भन्दा एमालेले ५ हजार ८ सय ९ मतले अघि रहेको छ । यसैगरी माओबादी केन्द्रले प्रतिनिधीसभामा ६ हजार ४ सय ४९ मत प्राप्त गरेको छ ।

यस्तै प्रदेशसभा तर्फको मत गणनामा पनि नेकपा एमाले नै अगाडी देखिएको छ । एमालेले २८ हजार २ सय ७४ मत प्राप्त गरेको छ । भने नेपाली कांग्रेसले २३ हजार ९ सय ७६ मत पाएको छ । प्रदेश सभामा नेपाली काँग्रेस भन्दा एमालेले चार हजार २ सय ९८ मत बढि पाएको छ । प्रदेशसभामा माओबादी केन्द्रले ८ हजार तीन सय ८ मत प्राप्त गरेको छ ।
तीन शिर्ष दल बाहेक प्रतिनिधिसभा सदस्यमा समानुपातीक तर्फ सवै भन्दा बढि मत प्राप्त गर्नेमा विवेकशिल साझा पार्टी रहेको छ । चुनाव चिन्ह तराजु रहेको साझा पार्टीले एक हजार पाँच सय ७१ मत प्राप्त गरेको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सय २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले १ सय ५३ र संघीय समाजवादी फोरम, नेपाल ४० मत प्राप्त गरेका छन् । नेकपा मालेले १ सय ७६, राष्ट्रिय जनमोर्चा ले ४ सय ७५ राष्ट्रिय जनमुक्ति पार्टीले ३ सय ८६, नेपाली जनता दलले १ सय १२, नयाँ शक्ति पार्टी, नेपालले २ सय २७ मत प्राप्त गरेको छ ।

त्यस्तै प्रदेश सभामा पनि तीन शिर्ष दल बाहेक सवैभन्दा बढि मत पाउनेमा बिवेकशिल साझा पार्टीनै रहेको छ । सो पार्टीले ९ सय ७९ मत प्राप्त गरेको छ । भने राप्रपाले ७ सय २३ मत प्राप्त गरेको छ । अन्य राजनीितक दलहरुको भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । समानुपातिकमा पाँच सय भन्दा बढि मत ल्याउने जम्मा पाँच वटा दल रहेका छन् ।

समानुपातीक तर्फ ५ हजार ५ सय ९५ म तबदर भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्