प्रतक्ष तर्फ एक सिट पनि ल्याउन नसकेको काँग्रेस समानुपातीकमा पहिलो



सिर्जना पन्त, बागलुङ ।

मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेसभा सदस्य निर्वाचनमा प्रतक्षतर्फ प्रदेस र प्रतिनिधि सभा दुवैमा आफ्नो वर्चश्व गुमाएको नेपाली काँग्रेस समानुपातीक तर्फ भने पहिलो बन्न सफल भएको छ । समानुपातिक मतगणनामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रलाई पछि छोड्दैं बागलुङमा नेपाली कांग्रेसले पहिलो स्थान हासिल गरेको हो । दोस्रोमा नेकपा एमाले र तेस्रोमा राष्ट्रिय जनमोर्चा देखिएको छ ।

कुल १ लाख ६७ हजार २ सय ८२ मतदाता रहेको बागलुङमा समानुपातिक तर्फ १ लाख ८ हजार १ सय ५१ मत मात्रै खसेको थियो । प्रतिनिधिसभा तर्फ समानुपातिकमा नेपाली काँग्रेसले ३५ हजार ६ सय ३८ मत प्राप्त गरेको छ भने प्रदेश शभा तर्फ ३३ हजार ६ सय ४० मत प्राप्त गर्दै समानुपातिक तर्फ पहिलो बनेको हो ।

समानुपातिकमा दोस्रो बनेको नेकपा एमालेले प्रतिनिधि सभा तर्फ ३० हजार ६ सय ३५ मत प्राप्त गरेको छ भने प्रदेश तर्फ २९ हजार ५४ मत प्राप्त गरेको छ । यस्तै तेस्रो बनेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधी सभाको समानुपातिक तर्फ १५ हजार ९ सय ३४ मत प्राप्त गरेको छ भने प्रदेश तर्फ १६ हजार ७ सय ४ मत प्राप्त गरेको छ । चौथो बनेको नेकपा माओवादी केन्द्रले १४ हजार ४ सय ५० मत प्राप्त गरेको छ भने प्रदेश तर्फ १३ हजार ८ सय ३३ मत प्राप्त गरेको छ । प्रतिनिधी सभा तर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले १२ सय १२, प्रदेश सभा तर्फ १५ सय ७२ मत प्राप्त गरेको छ ।

रविन्द्र मिश्र संयोजक रहेको विवेकशील साझा पार्टीले प्रतिनिधी सभा तर्फ १ हजार १ सय ९६ मत प्राप्त गरेको छ भने प्रदेश सभा तर्फ ८ सय ६३ मत प्राप्त गरेको छ । यस्तै नयाँ शक्तिले ३ सय ७४, मालेले ३ सय ६४, संघिय समाजवादी फोरमले २ सय ३२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्