लमजुङ समानुपातिकतर्फको अन्तिम नतिजा साँझसम्म



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा समानुपातिकतर्फको अन्तिम नतिना आज मंगलबार साँझसम्म आउने भएको छ । अहिलेसम्म ५१ हजार ८ सय ४६ मत गणना गरिएको छ । त्यसमध्ये ३ हजार २ सय ४२ मत बदर भएको छ ।

प्राप्त पछिल्लो नतिजा अनुसार सूर्य– २२ हजार ६ सय ६३, रुख– १७ हजार ४ सय ७६, गोलाकार भित्र हँसिया अथौडा– ५ हजार ६ सय ७, गाई– १ हजार ६५ आँखा– ६ सय १, तराजु– ४ सय ४६ मत आएको छ ।

त्यस्तै प्रदेश सभातर्फ– बदर मत– ५ हजार ५९, सूर्य– २० हजार ९ सय २५, रुख– १५ हजार १९६ गोलाकारभित्र हँसिया हथौडा– ६ हजार ४ सय ५०, गाई– २ हजार ३ सय ४९, आँखा– ६ सय ८७, तराजु– ४ सय ५३ र मसाल– २०२, गणना गरिएको मत प्रतिनिधिसभाको जत्तिनै ५१ हजार ८ सय ४६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्