दुई विद्यालयमा भित्ते पत्रिका प्रकाशन



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङका दुई विद्यालयमा भित्ते पत्रिका प्रकाशन गरिएको छ । बेसीशहर– ८ स्थित ल्याण्डस्टार आमावि र विद्याविकास आमाविका रहेका साहित्य संगीत क्लबमा अवद्ध विद्यार्थीहरूले सो कार्य गरेका हुन् ।

ठाडोभाका लोककला प्रतिष्ठान नेपालकोतर्फबाट दुवै माविमा सो कार्यका लागि प्रविधिक सेवा उपलब्ध गराइएको ल्याण्ड स्टार आमाविको साहित्य संगीत क्लबकी अध्यक्ष रोसनी श्रेष्ठले बताइन् । उनका अनुसार उक्त पत्रिकाको संरक्षकमा विद्यालयका प्रिन्सिपल ईश्वर पौडेल तथा सल्लाहकारमा निर्देशक तारानाथ घिमिरेसहित रहनु भएको छ ।

सो पत्रिका प्रकाशन क्लबका पदाधिकारी तथा सदस्यहरूलाई नेपाली अक्षर राम्रो लेख्ने विधिका साथै समाचार लेखन विधिका बारेमा जानकारी गराइएको क्लबकी सचिव सुधा अधिकारीले जानकारी दिइन् । उनका अनुसार उक्त पत्रिकामा सोही बालबालिकाले सिर्जना गरेका कविता, चित्रकला, चुट्किला आदि राखिएको छ ।

यसैगरी, विद्याविकास आमाविमा विद्याविकास भित्ते पत्रिका नामका भित्ते पत्रिका प्रकाशन गरिएको छ । पत्रिकाको संरक्षक सोही विद्यालयका संस्थापक अरुणकुमार चुडाल हुनुुहन्छ रहनु भएको सो विद्यायको क्लबका अध्यक्ष कञ्चन गुरुङले बताइन् । सो भित्ते पत्रिका प्रकाशन कार्यमा ठाडोभाका लोककला प्रतिष्ठानका सचिव तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्ण आले तथा भित्ते पत्रिकाका सल्लाहकार नोर्देन तामाङ र शिक्षक नायक सुरेश घिमिरेले सहजिकरण गर्नु भएको थियो ।

विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले भित्ते पत्रिकको प्रकाशन कार्यमा आफ्नो संस्थाले सहजिककरण गरिरहेको सचिव आलेले बताउनु भयो । उहाँका अनुसार भित्ते पत्रिकाको विद्याविकासमा दोस्रो अंक र ल्याण्डस्टारमा पहिला अंक प्रकाशन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्