रुकुम पुर्वको समानुपातिक मत गणना सकियो, पश्चिमको गणना सुरु



धनवीर दाहाल, रुकुम ।
रुकुम पुर्वको समानुपातिक तर्फको मत गणना सकिएको छ । समानुपातिक तर्फ पनि माओबादी केन्द्रले सबै भन्दा बढी मत पाएको छ ।

प्रतिनिधि सभा तर्फ माओबादी केन्द्रले ८८९१, नेपाली कांग्रेसले ३६६८, नेकपा एमालेले ३००० र नयाँ शक्ति नेपालले ३४३ मत प्राप्त गरेको रुकुम पुर्वका मुख्य निबार्चन अधिकृत दुर्गाबहादुर भुषालले बताउनुभयो । यसै गरी प्रदेश सभा तर्फ माओबादी केन्द्रले ८३७२, नेपाली कांग्रेसले ३२६१, नेकपा एमालेले ३०३४ र नयाँ शक्ति नेपालले २९० मत प्राप्त गरेका छन् ।

समानुपातिकमा धेरै मत बदर देखिएका छन् । प्रतिनिधि सभा तर्फ १६८९ र प्रदेश सभा तर्फ २७३९ मत बदर भएका छन् । प्रायजसो मत बाम गठबन्धनका बदर भएका छन् । गोलाकार भित्रको हसिया हतौडा र सुर्य दुवैमा मत हालेको भेटिएको छ । दलहरुले मतदातालाई दिनुपर्ने मतदाता शिक्षा नदिएकै कारण यस्तो भएको हो ।
रुकुम पश्चिममा सुरु
रुकुम पश्चिममा समानुपातिक तर्फको मत गणना सुरु भएको छ । चार ठाँउमा मत गणना सुरु गरिएको सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले बताउनुभयो । समानुपातिक तर्फको शोमबार सम्म सकिने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्