जाजरकोटमा वामगबन्धनको बर्चस्व



जाजरकोटमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधि र प्रदेशसभाका तीनवटै सिटमा जित हात पार्दै वाम गठबन्धनले क्लिन स्वीप गरेको हो । प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री शक्तीबहादुर बस्नेतले फराकिलो अन्तरले निर्वाचित हुनुभएको छ । बस्नेतले कांग्रेसका उम्मेदवार राजीवबिक्रम शाहलाई पराजित गरेका हुन् । बस्नेतले ३२ हजार २ सय ८१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजीवविक्रम शाहले २३ हजार २ सय ८९ मत ल्याएर पराजित हुनुभएको छ । यस्तै प्रदेश क तर्फ माओवादी केन्द्रका गणेशप्रसाद सिँहले १२ हजार आठ सय ७८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिद्धन्द्धी काग्रेंसका बेदराज सिंहले ८ हजार तीन सय ४१ मत ल्याउनुभयो । प्रदेश ख तर्फ एमालेका करविर शाही १५ हजार एक सय ८५ मत ल्याएर विजयी हुनुभएको छ । शाहिका प्रतिद्धन्द्धी काग्रेंसका दिपकजँग शाह १० हजार तीन सय ६० मत ल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्