खोटाङ प्रदेश ‘ख’ मा वाम गठबन्धनका रामकुमार राई पासाङ बिजयी



रामधन राई, खोटाङ । खोटाङको प्रदेशसभा ९ख०को निर्बाचनमा ६ हजार बढी मतले वाम
गठबन्धनका तर्फबाट माआबादी केन्द्रका उम्मेदवार बिजयी बन्नुभएको छ ।
कांग्रेसका उम्मेदवार सुवासकुमार पोखरेललाई ६ हजार १ सय ३३ मतले हराउँदै
माओबादी केन्द्रका रामकुमार राई पासाङ बिजयी बन्नुभएको हो ।
प्रदेश ख मा खसेको कूल ३४ हजार ७ सय १५ मत खसेकोमा राईले १८ हजार ३ सय ७२
मत ल्याउनुभयो । पोखरेलले भने १२ हजार २ सय ३९ मत प्राप्त गर्नुभएको छ ।
मत गणना सम्पन्न भए पनि बिजयी घोषणा हुन भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्