प्युठानमा बाम गठबन्धन अग्रस्थानमा



नेपाल समाचारपत्र, प्युठान ।
प्रतिनिधिसभा, प्युठानमा बाम गठबन्धन कि साझा उम्मेद्धवार दुर्गा पौडेल १ हजार ८ सय १९ मतान्तरले नेपालि काङ्गग्रेसका उम्मेद्धवार गोबिन्दराज पोख्रेल भन्दा अघि छन्।
मध्यान्हसम्म १५ हजार ५ सय २४ मतगणना हुँदा पौडेलले ७ हजार ८३८ र पोख्रेलले ६ हजार १९ मत प्राप्त गरेका छन्। प्युठानमा ९० हजार ५ सय ४० मत खसेको थियो। राष्ट्रीय जनमोर्चाकि केन्द्रीय उपाद्यक्ष समेत रहेकी पौडेल भुकम्प पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिईओ प्राडा पोख्रेलसँग प्रतिस्पर्धामा छन्। श्र

प्रदेशसभा तर्फ प्युठान ९क० मा एमालेका हरिप्रसाद रिजालले ७ हजार ४३३ र नेपाली काङ्ग्रेसका टेक प्रसाद भण्डारिले ४ हजार ७५९ मत ल्याएका छन्। यहाँ १३ हजार ४२० मतगणना भएको छ। यस्तै प्युठान २ ख प्रदेशमा माओबादी केन्द्रका कृष्णद्वज खडकाले ७हजार ८१ र नेपाली काङ्ग्रेसका अमर प्रसाद भणडारिले ४ हजार २२२ मत ल्याएका छन्। यहाँ १२ हजार ६४६ मतगणना भएको छ।

शुक्रवार साझबाट यहाँ मतगणना सुरु गरिएको थियो। प्युठानमा बामगठबन्धनको अग्रता कायमै छ।

प्रतिक्रिया दिनुहोस्