बैतडीमा वाम गठबन्धन ३ हजार मतले अगाडी


विनोद सिंह विष्ट, बैतडी ।
पहिलो चरण अन्तर्गत बैतडीमा मंसिर १० गते सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । बैतडीमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनविच प्रतिसप्रर्धा भईरहेको छ । बिहीवार साँझदेखि जारी मतगणनामा वाम गठबन्धनले लिएको अग्रता अहिले पनि कायमै रहेको छ ।

२० हजार ४०९ मत गणना हुँदा प्रतिनिधि सभामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन २ हजार ९२४ मतले अगाडी छ । शुक्रवार बिहान साढे ११ बजेसम्मको मतपरिणाम अनुसार एमालेका दामोदर भण्डारीले १० हजार ५०६ र कांग्रेसका नर बहादुर चन्दले ७ हजार ५८२ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको मत गणना गर्दा अहिलेसम्म १ हजार ९०९ मत बदर भएका छन्।

प्रदेश सभा क मा माओवादी केन्द्रका प्रेम प्रकाश भट्टले ९ हजार ६९ र कांग्रेसका हरिमोहन भण्डारी ६ हजार ९०१ मत प्राप्त गरेका छन् । यस्तै प्रदेश सभा ख मा नेकपा एमालेका लिलाधर भट्ट ९ हजार ६८२ र राप्रपाका गणेश चन्दले ७ हजार २६३ मत प्राप्त गर्नुभएको छ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।
प्रतिनिधि सभाको लागी एक र प्रदेश सभाको लागी दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जना चुनावी प्रतिस्प्रर्धामा रहेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।