किरियापुत्रीद्वारा मतदान



राजविराज, (नेस)
सप्तरीमा बिहीबार भएको निर्वाचनमा एक किरियापुत्रीले समेत मतदान गरेका छन्। तिलाठी–कोइलाडी गाउँपालिका वडा नं. ६ स्थित मधेपुराको राधाकृष्ण मन्दिर केन्द्रबाट अरुणकुमार यादवले मतदान गरेका हुन्।
तीन दिनअघि उनका बुबा मधु यादवको निधन भएपछि उनी किरिया बसेका छन्। मधु खलिफाका नामले प्रख्यात स्वर्गीय यादव प्रसिद्ध कुस्ती खेलाडी थिए। नयाँ संविधान जारी भएपछि पहिलोचोटि भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा यस्तो अवस्थामा पनि भाग लिएर मताधिकारको प्रयोगस्वरुप मतदान गरेको अरुणले बताए।

प्रतिक्रिया दिनुहोस्