ताप्लेजुङमा एकै समयमा तीन घरमा आगलागि, चिसोको समयमा यक्सोका तीन परीवार विस्थापित



रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङको आठराई त्रिवेणि गाउँपालीकामा मंगलबार एकै पटक तीन घरमा आगलागि हुँदा लाखौको क्षति भएको छ ।

आठराई त्रिवेणि गाउँपालीका ३ साविकको हाङ्पाङ ९ खुवामा दिउँसो करीव १ बजे लागेको आगोले स्थानिय रुपनारायण याक्सो, देवमान याक्सो र ईन्द्र कुमारी याक्सोको घर जलेर नस्ट भएको स्थानिय नरेन्द्र अधिकारीले बताए ।

घरमा कोहि नभएको समयमा अचानक लागेको आगलागिको कारण घर सहित घरमा भएका लत्ताकपडा, अन्नपात जल्दा रुपनारायणको १० लाख, देवमान याक्सोको १२ लाख र ईन्द्रकुमारीको एक तोला सुन सहित १५ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ ।

घरका बालबालिका सबै विद्यालय गएको र अभिभावक पनि खेतमा काम गर्न गएकाले आगलागिको कारण खुल्न नसकेको प्रहरीले बताएको छ । घरमा जोडेको विद्युत सर्ट भई आगलागि भएको हुन सक्ने प्रहरी र स्थानियको अनुमान रहेको छ ।

तीन वटै घर सँगै जोडिएकाले कुन घरबाट आगो लागेको भन्ने खुलेको छैन । आगलागि भए पछि मात्रै स्थानिय र प्रहरीलाई थाहा भएकाले आगोले सबै घर जले पछि आफै नियन्त्रणमा आएको स्थानिय नरेन्द्र अधिकारीले बताए ।

आगलागिका कारण विस्थापित तीन घरका १८ जनाको परीवारलाई छिमेकि मनकुमार याक्सो र भुपाल याक्सोको घरमा बस्ने व्यवस्था मिलाईएको छ भने नेपाल रेडक्रस सोसाईटि हाङ्पाङ् उपसाखाले राहत स्वरुप प्रति परिवार १० किलो चामल, दाल र तेल दिनुको साथै दोभान उपशाखाको सहकार्यमा पाल झिकाएर भोलि बुधबारबाट बस्ने व्यवस्था मिलाईको अधिकारीको भनाई छ ।

यता जिल्ला विपत व्यववस्थापन समितिकाका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी मोहन जिसिले आगलागिको क्षति अवस्था हेरि प्रति परीवार नगद १० हजार दिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्