रुकुमका हिमाली क्षेत्रहरु हिमपात, जनजिवन प्रभाबित



धनवीर दाहाल, रुकुम
रुकुममा हिमाली क्षेत्रहरुमा हिमपात सुरु भएको छ । रुकुम पुर्वका सिस्ने, मैकोट, हुकाम, रन्मा, अर्जल तथा रुकुम पश्चिमका गोतामकोट, स्यालाखदी लगाएतका उच्च हिमाली क्षेत्रहरुमा हिमपात भएपछि जनजिवन प्रभाबित भएको छ । शोमबारदेखी आकाशमा वादल लागेको भएपनि मंगलबार अपरान्हबाट उच्च हिमाली क्षेत्रमा हिमपात भएको र अन्य क्षेत्रमा पानी परेपछि चिसो निकै बढेको छ ।

रुकुमका हिमाली तथा पहाडी क्षेत्रमा हिमपात भएसँगै रुकुम पश्चिमको सदरमुकाम मुसिकोट समेत चिसो बढेको छ । यस्तै रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा पनि निकै चिसो बढेको छ । उच्च हिमाली क्षेत्रमा हिमपातका कारण स्थानियहरु घरदेखी बाहिर निष्कन सकेका छैनन् ।

त्यस्तै हिउ नपरेको अन्य ठाउँमा पनि पानी परिहरेका कारण स्थानीय प्रभावित बनेका हुन । चिसोका कारण सरकारी कार्यालयमा सेवा लिन आउने सर्बसाधारणहरुको संख्या पनि न्यून रहेको छ ।

प्रतिक्रिया दिनुहोस्