बाल विवाहअन्त्यका लागि रणनीति तयार, कस्तो बनाइयो त योजना ?



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा बालविवाह अन्त्यका लागि जिल्ला रणनीतिक कार्ययोजना ड्राफ्ट तयार भएको छ । सन २०३० मा नेपाललाइ बालबिबाह मुक्त घोषणा गर्ने नेपालसरकारको लक्ष्य अन्र्तगत बैतडी जिल्लालाइ पनि बालबिबाह मुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनैतिक कार्ययोजनाको ड्राफ्ट तयार पारीएको हो ।

रणनीतिक कार्ययोजना निर्माणका लागि जिल्लाका सरोकारवालासँग छलफल भएको यूएनएफपीएका जिल्ला अधिकृत गणेश शाहीले बताउनुभयो । बैतडीका १० वटै स्थानिय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीबृत्त, प्रतिष्ठित धामिसमुह,पत्रकार लगायत सरोकारवालाहरुले बालबिबाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनैतिक कार्ययोजना तयार पारेको हो ।

जनप्रतिनिधी र धार्मिक अगुवाहरुसँग निरन्तर परामर्श गरिरहेको र सबै पक्षलाई सहभागि गराई जिल्ला स्तरिय दुईदिने कार्ययोजना तर्जुमा गोष्ठी शनिवार सम्पन्न भएको ओआरडीएस संस्थाका पृथ्वीराज अवस्थीले बताउनुभयो । बालबिबाह अन्त्यका लागि जिल्ला रणनैतिक कार्ययोजना तर्जुमा परामर्ष गोष्ठिमा सहभागीहरुले बालबिबाह न्युनीकरणका लागी ५ बर्षसम्म गर्नुपर्ने क्रियाकलापहरु छलफलगरेर कार्ययोजना बनाएको हो । जिल्ला समन्वय समितीको आयोजनामा युएनएफपिए,नेपाल रेडक्रस सोसाइटी र ओआरडिएस नेपालआर्थिकप्राबिधीक सहयेगामा कार्यक्रम गरीएको हो ।

कार्यक्रममा बालबिबाह न्युनकणका लागि गर्ने ६ वटा मुख्य बुदाबारे समुह बिभाजन गरेर कार्ययेजना तयार पारेको हो । नेपाल सरकारले तयार पारेको बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीतिका आधारमा रहेर जिल्लामा कसरी बालविवाह अन्त्य गर्न सकिन्छ त्यहीअनुसार कार्ययोजना बनाईएको छ ।

सन् २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको हो । किशोरकिशोरीसँग सम्बन्धित सबै मुद्दा सम्बोधन गर्न र बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयन गर्न यस रणनीतिले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्