भोक टार्न गिट्टि कुट्दै बादि वालवालिका, बादी समुदायको गुनासो राज्यले सुनेन



ललित सिंह, बझाङ्ग ।
के गर्नु अंकल भोक लाक्छ घरमा खानेकुरा केहि छैन केहि सिप नलागे पछि दैनिक हतौडा समात्यर ढुङ्ग फोडने गरेको की छु , जिवन सहारा नै यहि हो। यो भनाई हो थलार गाउपालिका ३ खोलिकी ७ बषर््िाया करुणा बादिको ।

खेत वारी छैन दैनिक मजदुरी गरेर परिवार चलेको छ संगैका सार्थी संगी बिद्यालय गएर यी कलिला हातमा कलम कापी समात्छन मैले भने हतौडा समात्यर गिट्टि कुटनु परेको छ ।

करुणा जस्तै अर्की ९ बर्षिया कल्पान वादिको पनी उस्तै पिडा छ बाबु आमको आम्दानिको स्रोत एक रुपैया छैन अक्षर चिनेको पनि छैन कालो अक्षर भैसि बरावर भएको बताए ।

उनले भने बिद्यालय जान निकै रहर छ बिद्यालय पठाउने कोहि छैन पाँच जनाको परिवार हतौडाको भरमा चलेको छ । छिमेकि घरका गैर दलितका छोरा छोरी अरु संगैका बिद्यालय जान्छन आफुले बिद्यालय जाने समयमा मंसिरको चिसोमा गिट्टी कुट्नु परेको छ । हामी बादि वालवालीकालाई सरकारी र गैर सरकारी संस्था कसैले हेरेको छैन। एक बोरा गिट्टिको ८० रुपैया दिने गरेका छन । दिन भर एक बोरा सम्म कुट्न सकिन्छ ।

बिद्यालय जाने मन भए पनि घरमा बिहान बेलुकाको हातमुख जोडन एक मुठ्ठि अन्न घरमा नभए पछि बादिबालबालिका भोक न र्तिखा नभनी आमा संग गिट्टि गुटन बाद्यय भएका हुन ।

जमिनको नाममा एक मुठ्ठि छैन पहिले नाचदै गाउँदै घरघरमा पुग्ने गरेका थियो अहिले टिभि र मोवाईलमा फिल्मी हर्ने जवना आए पछि नाचगान गर्ने पेशानै संकटमा परे पछि दैनिक मजदुरी गरि परिवारको हात मुख जोडने गरेको जयपृथ्बी नगरपालिका ११की ४५ बर्षिया राधा बादिले बताए ।
उनले भने ३६ परिवार हामी बादिको दैनिक ज्यालदारीमा चलेको छ राज्यले दिएको पोषण भतmा समेत सबैले पाएका छैन । जिल्लाका सरोकार बाला निकाय संग कीत रोजगारी देउ हैन भने छोराछोरी पढाई देउ भनेर माग रोख पनि कसैले पनि सुनि दिएन ।

बादिपरिवारका बालबालीकाको जन्म र्दता पनि निकै कम गरेका छन बिबाह र्दता छदै छैन भने पनि हुन्छ आबश्यक प्रक्रिय नपुगेकाले पोष भतmामा छुटेको हुन सक्ने थलारा गाउँपालिका उपाध्यक्ष गंगु खडायतले बताईन् ।
उनले भनीन् अब बादिको घरघरमा पुगेर जन्म र्दता गराउने र सबै शिपमुलक तालिम दिनदिएर बादी समुदायको जीबन स्तरमा सुधार ल्याउने योजना बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्