चुनाव प्रचारशैली फेरियो, ऐजेण्डा फेरिएन



सलिम अन्सारी, प्युठान ।
आगामी मंसिर–२१ गते हुने दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेद्वार यतिवेला जनताको घर दैलोमा पुगेका छन्। निर्वाचनको प्रचार प्रसारमा दलले बिगत भन्दा बेग्लै शैली अपनाउन थालेका छन।यो निर्वाचनमा दलहरुका मोर्चामात्र फेरीएको छैन, चुनाव प्रचार तथा भोट माग्ने तरीका समेत फेरीएको छ । यसपल्ट पार्टीहरुका रोजाईमा ठूला चुनावी सभा खासै परेका छैनन् । नेताहरु आर्कषक नाराहरु लिएर वार्ड, टोल, जनताको घरदैलोसम्म पुगेका हुन।

ठूला ठूला सभा, ठूला ब्यानर र महंगो प्रचार भन्दापनि उमेद्वार र नेताहरुले साना साना कार्यक्रमलाई प्राथमिकता दिएका छन्। पर्चा पम्पलेट टांस्ने क्रम यश पटक निकै कम देखिएको छ।बरु कार्यकर्ता मार्फत घोषणापत्र र प्रचार सामाग्री घर घरमा पुर्याइदैछन।विगतको दुईवटा संविधान सभा निर्वाचन र स्थानीय तहको निर्वाचनका जस्तो ठूला सभाहरु दलहरुले एकदमै कम राखेका छन्। टोल–टोलमा पुगेर नेता, कार्यकता जनता आम मतदातालाई भेटिरहेका छन् । साना-साना किमिसका कार्यक्रमहरु गरीदैछन। यसपल्ट उम्मेद्वारको टोलिमा धेरै नेताहरु लस्कर समेत छैन ।

सानो समूहमा उम्मेद्वारसँग नेताहरु रहेका छन् । अरु नेताहरु विभिन्न क्षेत्रमा खटिएका छन् । सामाजिक संजाल चुनाब प्रचारका अब्बल माध्यम बनिरहेका छन । फेसबुक म्यासेन्जरमा आ-आफ्नो दलका प्रचार गर्न उम्मेद्धवार देखि कार्यकर्ता सम्म कम देखिदैन्न।सामाजिक संजालमा बिपक्षका कमजोरी केलाउँदै आफ्नो दल र उम्मेद्धवारलाइ अब्बल सावित गर्ने होड्बाजि बढ्दो छ।फरक ढङ्गले आयोजना हुने सामाजिक कार्यक्रमलाइ पनि दलले प्रचारप्रसारको माध्यम बनाउने गरेका छन।

मोर्चाबन्दी गरेका दलहरुले गाँउ स्तरमा पुगेर सम्बद्ध पार्टीहरु बैठक गर्ने, निर्वाचन परिचालन समिति बनाउने तथा जनताको घरमा पुगेर भोट माग्ने काममा व्यवस्थित भएका छन् । यसपटक प्रचारशैली केही ब्यबस्थित र फरक बनाइएको एमाले जिल्ला सदस्य हिरामणी भण्डारिले बताए। जति सक्दो जनताको घरदैलोमा पुग्ने रणनिती छ। उनले भने।

विभिन्न दलका नेताहरु यतिवेला गाँउ गाँउ पुगेर चुनावी कार्यक्रम गरिरहेका छन्। एकचरण उम्मेद्वारहरुले सवै वार्डहरु घुमिसक्ने र स्थानीय पार्टी कमिटीले चुनावी प्रचारगर्ने बताइएको छ। प्रतिनिधि सभाको उम्मेद्वारको निर्वाचन क्षेत्र ठूलो हुने हुदाँ चुनावी कार्यक्रमले तिव्रता पाएका छन् । गाँउ गाँउपुगेर मतदाताको घर, चोक, चौतारी तथा सार्वजनिक स्थलमा भेटघाटका कार्यक्रम भईरहेका छन। जिल्लाका ६४ वटै वार्डमा चुनावी गतिविधि पार्टीहरुका विभिन्न संरचनामा मार्फत सुरु भएका छन् । बैठक, भेटघाट जस्ता कार्यक्रमहरु धेरै छन् । एकै दिनमा तीन चार ठाँउमा कार्यक्रमहरु राखिएका छन्।

‘हरेक वार्डमा पुगेर मतदातासँग प्रत्यक्ष साक्षत्कार गरीरहेको छौँ । जनताका सुखदुखसुन्दै आफ्ना एजेण्डा सुनाउने काम भईरहेको छ’ लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रदेशसभा क मा उम्मेद्वार बनेका काग्रेस नेता टेक प्रसाद भण्डारीले भने ‘लोकतन्त्र, जनताका न्यूनतम आवश्यकता, विकास लागयतका विषयमा अन्तक्रिया भईरहेको छ ।’ लोकतान्त्रिक मोर्चाले प्रदेश क र खमा दुवै तिर चुनावी कार्यक्रम अघि सारेको जनाएको छ । मनोनयन लगत्तै चुनावी कार्यक्रममा छन् । भण्डारी क क्षेत्रमा भोट मागि रहेका छन् । सवै वार्डमा पाटीका नेता तथा भातृसंस्थाका नेताहरु खटाइएको काग्रेसका टेक प्रसाद भण्डारिले बताए । समयअनुकुलका कार्यक्रमहरु अगि सारीएको उनले बताए। कांग्रेस राप्रपा सँगै चुनावी अभियानमा छन् । केन्द्र देखि गाँउ स्तरीय नेताहरु चुनावी अभियानमा लागेका हुन । काग्रेसको प्रदेश क का उम्मेद्वार टेक प्रसाद भण्डारी र ख का उम्मेद्वार अमर प्रसाद भण्डारी आफ्नै निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रममा लागेका छन्।

बामगठबन्धनको दुवै निर्वाचन क्षेत्रमा चुनावी कार्यक्रम सञ्चालन भईरहेको छ । बैठक, भेटघाट, अन्तर्क्रिया लगायतका कार्यक्रमहरु सञ्चालनमा छन् । ‘जनतालाई अभिमत जाहेर गर्न अनुरोध गरीरहेको छौँ । दुवै क्षेत्रमा साथिहरु खटिनु भएको छ । म पनि निर्वाचन क्षेत्रमा घरदैलोमा पुगिरहेको छु’ बामगठबन्धनका उम्मेद्वार नेकपा एमालेका नेता हरि प्रसाद रिजालले भने ‘एजेण्डा जनताको तहसम्म लैजान प्रयास गरीरहेका छौँ । साना,ठुला कार्यक्रमहरु गरीरहेका छौँ ।’ राष्ट्रीय जनमोर्चा सहित एमाले–नेकपा माओवादि केन्द्रका नेताहरु गाँउमा छन् । यी तीन ओटै पार्टीका नेता कार्यकर्ताबीच बैठक गरी चुनावी कार्यक्रम अघि बढेका छन । विभिन्न किसिम र चरणका कार्यक्रमहरु अघि सारीएको बाम गठवन्धनले बताएको छ । प्रदेश कमा एमालेका हरि प्रसाद रिजाल र ख मा माओवादीका कृष्णध्वज खडका सँग तिनै पार्टीका नेताहरु चुनावी प्रचारमा लागेका छन।

यहाँ बाम गठबन्धनका तर्फबाट प्रतिनिधीसभामा राजमोकी केन्द्रीय उपाध्यक्ष दुर्गा पौडेल उम्मेद्धवार बनेकी छिन । पौडेलसंग भिड्न लोकतान्त्रीक गठबन्धनले काङ्ग्रेसका प्राडा गोबिन्दराज पोख्रेललाइ चुनाबी मैदानमा छन। सयुक्त बाम गठबन्धनले देशको सम्बृद्धी र स्थायित्वका लागि संविधानको कार्यान्वन र दिगो सरकारको नारा अघि सारेको छ।काङ्ग्रेस नेता कार्यकर्ताले भने लोकतन्त्रको रक्षा र अधिनायकबाद आउन नदिन पार्टिलाइ मतदान गर्न आग्रह गरिरहेका छन।उनिहर खानेपानी, सिचाइ, सडक, कृषि, उर्जा, साना तथा मझौला उद्योग स्थापना,शिक्षा स्वास्थ्री जस्ता बिकासका आश्वासन देखाएर भोट फकाइरहेका छन। यहाँ लोकतान्त्रीक गठवन्धन बिपक्षिको मत आफ्नो पोल्टमा पार्ने कसरतमा छ भने बामगठबन्धन आफ्नो मत सुरक्षित गर्ने धाउन्नेमा छ।

प्रचारका क्रममा आचारसंहिता उल्लगंघन गरेको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।

प्रतिक्रिया दिनुहोस्