नुवाकोटमा सम्पदा गाउँ निर्माण अभियान शुरु



शालिकराम चालिसे, नुवाकोट ।

नुवाकोटको माहामण्डलमा रहेको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल सात तले दरवार राष्ट्रिय संग्राहलय परिसर आसपासमा सम्पदा गाउँ निर्माण सुरु भएको छ । विनासकारी भूकम्प पछिको पुनर्निर्माणलाई व्यवस्थित रुपमा गर्न नसकिरहेको अवस्थामा सम्पदा गाउको निर्माण अभियान सुरु भएको हो ।

ऐतिहासिक तथा पुरातात्विक र पर्यटनको हिसावले प्रख्यात नुवाकोटको साततले दरवार क्षेत्रमा सञ्चलित सम्पदा गाउँ निर्माण अभियानको वुधवार विदुर नगरपालिकाका मेयर सन्जु पण्डित उद्घाटन गर्नुभएको छ । सम्पदा गाउँ निर्माणको शुभारम्भ स्वरुप निर्माणाधिन घरको शिलान्यास गर्दै विदुर नपाका मेयर सन्जु पण्डितले नुवाकोटको धार्मिक र पर्यटन विकासको लागि आफुले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यत्त गरे ।

पण्डितले नुवाकोटको पर्यटन तथा संस्कृतिको विकासको लागि विदुर नगरपालिका कार्यालयले चासो दिएको प्रष्ट पार्दै त्यसका लागि धार्मिक पर्यटन विकास गुरु योजना बनाउनुपर्ने बताए । मेयर पण्डितले संस्कृति, सम्पदा र पहिचानको संरक्षण र संम्वद्र्धनको लागि स्थानीयवासीको सक्रियता महत्वपूर्ण रहने समेत उल्लेख गरे ।

नुवाकोट सम्पदा संरक्षण मन्चका अध्यक्ष पुष्कर शर्मारिमालले नुवाकोटमा मल्लकालीन तथा शाहकालीन समयका पुरातात्विक सम्पदाहरु रहेका कारण यसबाटै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षित भइरहेको बताउनुभयो ।
विदुर नगरपालिका वडा नंं २ र ३ मा निर्माण गरिने नमुना सम्पदा गाउँ अन्र्तगत चारसय २८ वटा नमूना घर निर्माण गरिने र हालसम्म पांच वटा घर पुर्ननिर्माण भइसकेका छन् ।

भुुकम्पपछि सरकारले धार्मिक तथा ऐतिहासिक र पर्यटकीय सम्पदाहरुको
पुर्ननिर्माणको लागि महत्व दिएका कारण नुवाकोटको क्षतिग्रस्त सम्पदाको
पुर्ननिर्माणको लागि कुनै पनि कसर बाँकी नराख्ने मेयर पण्डितले बताए ।

कार्यक्रममा विदुर नपा वडा नं. २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले
नुवाकोटमा निकै नै पुरातात्विक सम्पदा रहेका कारण यिनीहरुको पुर्ननिर्माण तथा सम्वर्धनमा विभागले सक्रियता अपनाइरहेको जानकारी दिए ।

शिशु हत्याको आरोपमा पक्राउ

तारकेश्वर गाउँपालिका–२ तारुकाकी २२ वर्षिया सविना अधिकारी र उनका २३ वर्षिया देवर विनोद अधिकारीलाई शिशु हत्या आरोपमा प्रहरीले आज गिरफ्तार गरेको छ ।

सविनाले देवरसँगको अबैध सम्बन्धबाट जन्मिएको शिशु(नाबालिका)को हिजो जन्मिनासाथ हत्या गरि मलखाल्डोमा गाडेको अबस्थामा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कैलाश भट्टराईले जानकारी दिनुभयो ।

देबरसँग अबैध सम्बन्ध रहेको खुलेपछि हत्यामा देवरको संलग्नता भए नभएको अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ । सविनाका श्रीमान् भने बैदेशिक रोजगारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्