घरमै बसेर लाखौँको आम्दानी, जंगमतिको रोजाई पाउनाको स्वागत



दुर्गम गाउँमा सुगमको खाना,

ललित सिंह, बझाङ ।
यति बेला जंग मति बाहेरालाई एक मिनेट पनि फूर्सद छैन रात दिन पैसा गन्न र पाउनको स्वागत गदै उनका दिन बित्ने गरेको छ ।घरको दैलो नछोडको ३ बर्ष भयो घरमै बसेर बर्षमा २ देखि ५ लाख सम्मको बर्ष नि कमाई हुने गरेको काडाँ २ की जंग मति बोहराले बताए ।

उनले भने दिनमा हात खाली कहिले हुदैन एका बिहानै भान्सामा चिया पकाउन सुरु गरेको हात राति अबेर सम्म चलाई रहनु पर्छ । घरको भान्सा नै होटल झै भएकाले पाउनको स्वागत गर्ने पाईएको हो ।

उमेरले ४५ बर्ष भयो बिबाह गरेर यो घर भित्रेको ३३ बर्ष खाद्यन उब्जनि निकै कम हुने भएकाले पाउना त परै जावस आफुले पेट भरि कहिले खान पाईएको थिएन । अहिले श्रीमानको सहयोगले घरमै पाउनाको स्वागत गर्ने होम स्टेक राखेर नसोचेको आम्दानि भएको बोहराको भनाई छ ।

बोहरा भन्छन श्रीमान शिक्षक भएर बर्षमा एक लाख बचाउदैन मैले ३ बर्षमा सदरमुकाम चैनपुमा ८ लाखमा घरेरी लिएको छु छोरा छोरीलाई सदरमुकाम चैनपुरमा पढाए कि छु श्रीमान काँडा माबिका प्राबि तहका शिक्षक हुन सुरुका समयमा पैसा चिन्न र पाउना संग बोल्न अप्ठायारो हुने भएकाले श्रीमान को सहयोग लिए पनि अहिले सबै आफैले गरेकी छु घरमा आएका ग्राहकलाई पाउनाको रुपमा हर्ने गरिन्छ ।

पहिले मेरो गाउँमा कुरा काटर्नेहरु अहिले सिको गर्ने थालेका छन ।पाउनाको रोजाईमा गाउँको रोटि र सहरको भात खुवाईन्छ ।दिनमा जिल्ला भित्र र बाहिरका गरि ३० ÷३५ जनालाई खाना बास दिईन्छ खाना को पैसा र बास सितैमा पाईन्छ ।

यो होटल हैन घर हो यहाँ घरको खाना पाईन्छ भोकै कोहि न जानु खाना खाए बास सितैमा पाईन्छ यो भनाई हो काडाँ ३ धलौन कि हाँसु देबी बोहराको हो उनले जो कोहिलाई हजुर घरमा स्वागत छ केहि नभए पानी त खानु होस भन्ने गरेकी छन ।

गाउँको माथि जंगलको क्षेउमा रहेको घरमा आन्तरिक र वाय आगन्तुकालागी खाना बस्नाको ब्यबस्था मिलाएकी हाँसु देबी बोहराले बताए ।

उनले भने उवा र जौको सातु खाने हामी धलौनिको खाना देखि बासमति चामलको भात समेत खुवाउने गरिकी छु यो सबै तरिका गरिबिनिवारण कोष अन्तरगत सामाजिक बिकास केन्द्रले गर्न सिकायको हो पाउनालाई परिवारलाई झै सबै घरमा भएको सेवा दिने चलन्छ तर बिदेशी र ठुला बडाको आगमन निकै कम हुन्छ सबै आगन्तु यार्सागुम्वा संकलन गर्ने ब्यतिm र ठेक्दार आउने भएकाले खाना खाएको पैसा नभई संकलकले खाना खाएको यार्सा दिने भएकाले झन्झट हुनेगरेका छ।

हिउदमा सदरमुकाम चैनपुर बर्खामा घरमा आए र होटलको ब्यबसाय गर्ने गरेको काडाँ ७ धुलीका संगु लामाले बताए ।

उनले भने यहाँ सबै ग्राहकलाई पाउनाको ब्यबहार गर्ने गरिन्छ यार्सागुम्वा संकलन गर्ने पुर्व यहा खाद्यन अभावमा कन्दमुल, आलु, घगारु र उवा खानाको रुपमा प्रयोग गरिने चलन थियो ।

पाँच बर्ष अघि गाउँमा आउदा आफुले खान त परै जावस एक रात बास समेत नपाएकाले ओढारमा बसेर रात बिताएको मस्ट गाउँपालिका १ रनाडाक पुव जिबिस सदस्य अरुण सिहं बताए ।

उनले भने समय र पैसाले मान्छेको जिवन परिवतन हुने रहेछ अहिलकाडाँगाउपालिका सबै गाउँमा राम्रो खान बस्नको ब्यबस्था रहेछ पहिले ओढारमा राख्ने हरुले अहिले स्वागत र समान दुबै दिए ।

जिल्लाकै बिकट र दुर्गममा रहेको काँडा गाउपालिकामा साईपाल हिमाल ,उरैभन्जाङ,घाँटि झर्ना,नापा हिमाल लगाएतका पर्यटक स्थल भए पनि प्रचार प्रशारको अभावमा ओलझेमा परेका छन स्वदेशी र बिदेशी दुबै खाले पर्यटक भित्रियका छैन स्थानिय बासिको रोजगारको नाम्मा यार्सागुम्वा लगाउतका जडिबुढि संकलन बाहेक अरु केहि नभएको काडाँ गाउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए ।

उनले भने चैत्र देखि अषाढको सम्म यस भेगमा बाजुरा, हुम्ला, डोटि,डडेल्धुरा,बैतडि, अछाम, धनगडि र कञ्चनपुर लगाए जिल्ला भित्रका २० हजार भन्दा बढि को आगमन हुने गरेको छ । सबै जना ब्यापार गर्ने र पैसा कमाउन मात्र आउने गरेका हुन ।गाउँमा अहिले गरिबीनिवारण कोषको साँझे दारीमा सामाजिक बिकास केन्द्रले होम स्टेकको तालीम दिए र पाउनाको स्वागत गर्ने सिकायएको हो गाउँपालिका भरि ९ वटा यस्ता ठाउँ छ ।

पाउनाको स्वागतमा घरको चुलोमा खाना पकाउदै जंग मति बोहरा तस्बीर: ललित सिंह

प्रतिक्रिया दिनुहोस्