नक्कली लाइसेन्स लिएर सवारी चलाउने कार्वाहिमा



सिर्जना पन्त, बागलुङ ।

केहि दिन पहिले मालढुङबाट बागलुङ बजार आइरहेको ट्रक ट्राफिकचोक बागलुङमा ट्राफिक प्रहरीले रोकेर चेकजाँच ग¥यो । ट्रक चालक रामहरी बर्तौलाले ट्रकको विलबुक, सवारी चलाक अनुमती पत्र ट्राफिक प्रहरीलाई देखाए ।

उनले देखाएको सवारी चालन अनुमती पत्र चेकजाँच गर्दा ट्राफिक प्रहरीलाई शंका लाग्यो र प्रहरीले यातायात व्यवस्था कार्यालय धवलागिरी बागलुङमा लग्यो, रेकर्ड हेर्न थाल्यो । प्रहरीलाई लागेको शंका क्षणभरमै सत्य सावित भयो ।

मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–८ का २९ वर्षीय रामहरीले प्रहरीलाई देखाएको सवारी चलाक अनुमती पत्र किर्ते गरी बनाईएको रहेछ । रामहरीले केहि वर्ष पहिले ददालको माध्यमबाट करिब ८० हजार रुपैया भन्दा बढी पैसा तिरेर त्यो सवारी चालक अनुमती पत्र बनाएका रहेछन् ।

त्यस्तै केहि दिन पहिले ट्राफिकचोक बाटनै ट्राफिक प्रहरीले अर्का ट्रक चालक अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–११ का २२ वर्षीय सिद्दान्त परीयारलाई पनि किर्ते गरी बनाएको सवारी चालक अनुमती पत्र देखाएर सवारी चलाउँदैं गर्दा प्रकाउ गरेको छ ।

यातायात व्यवस्था कार्यालयले सवारी चलाक अनुमती पत्रलाई अनलाईनमा राखेपछि किर्ते गरी सवारी चालक अनुमती पत्र बनाएर सवारी चलाउँदैं आएका चालकहरु धमाधम प्रकाउ पर्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सवारी सधान अनुमती पत्र लिएर सवारी चलाएकाहरुलाई प्रकाउ गरी सवारी चालक अनुमति पत्र किर्तेमा मुद्धा चलाएको छ ।

बागलुङमा प्रहरीले सवारी चालक अनुमती पत्र किर्ते गरी सवारी चलाएकाहरुलाई मुद्धा चलाएर कारर्वाहि प्रक्रिया अगाडी बढाएको यो पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसंग मिलेर पछिल्लो दुई महिना यता सवारी चालक अनुमती पत्र किर्ते गरी सवारी चलाउनेलाई मुद्धानै चलाएर कार्वाही गर्न थालेको हो ।

कानुनी रुपमा सक्कली र नक्कली सवारी चालक अनुमती पत्र छुट्याउने व्यवस्था नहुँदा सम्म नक्कली सवारी चालक अनुमती पत्र लिएर सवारी चलाउँनेहरु उम्कने गरेको भएपनि यातायात व्यवस्था कार्यालयले अनलाईनमा सवारी चालक अनुमती पत्र राख्न थालेपछि ट्राफिक प्रहरीलाई सहज हुन थालेको छ । त्यस्तै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गर्न थालेपछि राजश्वमा समेत वृद्धि भएको छ ।

कार्यालयले गत आर्थिक बर्ष ०७३÷७४ को कात्तिक मसान्त सम्म २ हजार ८ सय ८० सवारी साधन कारबाहीबाट १७ लाख ५० हजार ५ सय रुपैँया राजश्व संकलन गरेको मा यस आर्थिक वर्षको कात्तिक मसान्त सम्म मात्र २ हजार ९ सय सवारी कारबाही गरि १८ लाख ९४ हजार ५ सय रुपैँया संकलन गरिसकेको जनाएको छ ।

कारबाही पर्नेमा कार जिप १ हजार १ सय ६४ वटा, बस ३ सय ५, ट्रक १ सय ९६, मोटरसाईकल ७ सय ८१, ट्याक्टर ४ सय ४४ वटा रहेको कार्यालयले जनाएको छ । सबै भन्दा बढि कारजिप कारबाहीबाट ७ लाख ५० हजार ५ सय रुपैँया राजश्व उठेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख छबबहादुर घर्तिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्