सद्भावका लागि धर्मगुरुहरुको अपिल



बाँके ।
धार्मिक गुरुहरुले नजिक आएको इस्लाम समुदायको पर्व ‘मोहम्मद डे’ र आसन्न मंसीर २१ गतेको चुनावमा धार्मिक सहिष्णुता कायम गरी शान्तिपूर्वक सफल बनाउन अपिल गरेका छन् ।

‘सबै धर्म र सम्प्रदायका व्यक्तिहरुले आ–आफ्ना पर्व मनाउने क्रममा विगतका वर्षहरुजस्तै यसवर्ष पनि आपसमा रिस, राग, द्वैष नराखी आपसी सम्मान, भाइचारा र सामाजिक सद्भाव कायम राख्दै एक अर्काको धार्मिक कार्यमा सहयोग पु¥याउनु हुन हामी विभिन्न धर्मका गुरुहरुले सबै धर्म र सम्प्रदायका व्यक्तिहरुलाई अपिल गर्दछौं, हिन्दु, इस्लाम, शिख र बौद्ध धर्महरुले भनेका छन् ।

हिन्दु धर्मगुरु चन्द्रनाथ योगी, इस्लामका मौलाना अब्दुल जब्बार मन्जरी, शिखका राजेन्द्र शिख र बौद्ध धर्मगुरु गुणबहादुर लामाले जारी गरेको अपिलमा आसन्न चुनावमा समेत शान्ति कायम राख्न भनिएको छ ।

हिन्दु र मुस्लिमको पर्व एकै दिन पर्दा पनि सौहार्दपूर्वक चाडबाड मनाउने यहाँका समुदायमा चुनाव लक्षित गरी सद्भाव खलबल्याउन अपराधिक मानसिकता बोकेका मानिसहरुको सक्रिय हुन सक्नेतर्फ प्रहरी प्रशासन तथा धर्मगुरुहरु सचेत भएका छन् । चुनावका प्रचार प्रसारले अन्तिम रुपमा लिइरहेका बेलामा यो वा त्यो मानेमा मत आफूतिर तान्नका लागि आरोप–प्रत्यारोप हुन सक्ने र त्यसले समाजमा सद्भाव बिगार्न सक्ने भएकाले सचेतीकरण गराइएको छ ।

विगतमा नेपालगञ्जलगायत जिल्लाका केही ठाउँमा स–साना कुराका विवादले उग्ररुप लिइसकेका छन् । निहित स्वार्थ बोकेका व्यक्तिले यस्ता झगडा गराएपनि त्यसले अन्ततः मिलेर बसेका व्यक्ति÷समुदायलाई क्षति पु¥याएको छ । पछिल्ला दिनमा भने नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्नका लागि धर्मगुरुहरुले सक्रियता बढाएका छन् । साना तिना मनमुटाव होस् या विवाद धर्मगुरुहरुले गएर मिलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्