एमाले जिल्ला अध्यक्ष मण्डलको निधन



गौशाला, १३ मंसिर । नेकपा(एमाले) महोत्तरी जिल्ला अध्यक्ष जामुन मण्डलको गए राति निधन भएको छ ।

एमाले महोत्तरीका अनुसार मण्डलको गए राति ८ बजेतिर भारत बिहारको पटनास्थित इन्दिरा गान्धी मेमोरियल अस्पतालमा निधन भएको हो ।

एकडारा गाउँपालिका –३ निवासी ५० वर्षीय मण्डललाई चुनावी अभियानमा घुमिरहेका बेला १५ दिनदेखि बिरामी भई एक साता पहिले उपचारका लागि पटना लगिएकामा उपचारकै क्रममा निधन भएको पार्टीका जिल्ला सदस्य जीतेन्द्र पासवानले बताउनुभयो । उहाँ मिर्गाैला र कलेजोको रोगबाट पनि ग्रस्त हुुनुुहुन्थ्यो ।

मण्डल २०५४ सालको स्थानीय चुनावमा तत्कालीन भटौलिया गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ दुई कार्यकाल एमाले जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । मण्डलका श्रीमती तथा दुई दुई छोरा र छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्