मतपेटिका थन्क्याएर के गर्दैछन् ताप्लेजुङका उम्मेदवार ?



रविन भट्टराई, ताप्लेजुङ ।

ताप्लेजुङको १ सय १४ मतदान केन्द्रको ३ सय ४२ वटा मत पेटिका मुख्य निर्वाचन कार्यालयको चार वटा कोठामा राखि सिलबन्दि गरीएको छ । मत पेटिकाको सुरक्षाका लागि सुरक्षा कर्मि र केहि राजनितिक दलले आफ्ना प्रतिनिधिलाई खटाएपछि जिल्लाका अधिकाँस उम्मेदवार र नेता कार्यकर्ता फुर्सदिला बनेका छन् ।

पाटि कार्यालय नजिकै खेलिएका चिया पसलमा निर्वाचन अघि सम्म भिड लाग्ने गरेकोमा अहिले तीन चिया पसल पनि सुनसान देखिन्छन् । नेता कार्यकर्ता भेला हुने र गफ गर्ने ठाउँमा अहिले क्यारेमबोड खेल्ने एक दुई जना युवक बाहेक कोहि देखिदैन ।

जिल्लाका केहि उम्मेदवार दोस्रो चरणमा हुन लागेको निर्वाचन तिर आफ्ना साथि र पाटिलाई सघाउन निस्किएका छन् भने कोहि आफ्नो दैनिकिमा फर्कन थालेका छन् । गृह जिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभाको निर्वाचनमा उठेका हेवि वेट नेता मानिएका एमालेका केन्द्रिय सचिव योगेश भट्टराई आफुलाई जिल्लाबाट राम्रै मत खसेको गणना अघिको विष्लेशण सुनेर दोस्रंो चरणको चुनाव हुने छिमेकि जिल्ला तेह्रथुम पुगेका छन् ।

उनी बुधबार दिनभर तेह्रथुमको म्याग्लुङमा हुने चुनावि आमसभामा रहने र विहान बेलुका तेह्रथुमका एमाले उम्मेदवारको घर दैलो अभियानमा सहभागि हुने छन् । तेह्रथुम पछि धनकुटा सहितका अन्य जिल्लामा हुने एमालेको चुनावि आमसभालाई संबोधन गर्ने उनको कार्यक्रम रहेको भट्टराईले बताए ।

भट्टराईका प्रतिश्प्रधि मानिएका काँग्रेश उम्मेदवार केसव प्रसाद दाहाल भने झापा झरेका छन् । ताप्लेजुङमा चुनाव सकिएपछि आफ्नो भाग्य मतपेटिकामा थुनेका दाहाल झापाको क्षेत्र नम्बर ३ का उम्मेदवार कृष्णप्रसाद सिटौला भाग्य चमकाउने गरीको भाषण गर्ने झापा झरेका हुन् ।

उनले आफु मत गणना हुने समय अघि सम्म दोस्रो चरणको चुनावी कार्यक्रममानै रहने बताए । प्रतिनिधिसभाका उम्मेदवार अन्य जिल्ला दौडे पनि प्रदेश सभाका अधिकाँस उम्मेदवार भने जिल्लामानै झरेको मतको पुर्व अनुमानित जोड घटाउनमा लागेका छन् । नेपाली काँग्रेशका प्रदेश (ख) का उम्मेदवार दिपेन्द्र कुमार सेन्दाङ विहानै उठेर कार्यकता र सुभ चिन्तक सँग चिया खान्छन् र उनिहरुको मत जोड घटाउ सुन्छन् ।

उनका प्रतिस्प्रधि बाम गठबन्धनका उम्मेदवार माओवादि केन्द्रका टंक आङ्बुहाङ भने एमाले सचिव योगेश भट्टराई सँगै तेह्रथुमको चुनावि आमसभामा पुगेका छन् । यता प्रदेश (क) का एमाले उम्मेदावार बलबहादुर साम्सोहाङ पाटि अध्यक्ष समेत भएका कारण आफु दिनभर पाटि कार्यालयमा जाने र पाटिको काममा मत गणना अघिको समय विताउने उनको तयारी छ ।

सामसोहाङकी प्रतिस्प्रधि नेपाली काँग्रेशकि लिला बोखिममा पनि आफ्नै तयारी छ । आफ्नै एनजिओका कार्यक्रमत छदैछ पाटि कार्यालयमा आउने नेता कार्यकर्ताको चुनावि विश्लेसषण सुन्ने र दोस्रो चरणमा हुन लागेको निर्वाचनमा आफ्ना साथि र पाटिको अबस्थाको विषयमा जानकारी दिदै समय वित्ने उनको भनाई छ ।

यता उम्मेदवारलाई चुनावको चर्चाले नछोए पनि स्थानियलाई भने खेतिपातिकै चटारो छ । चुनावले गर्दा धान थक्याउन र काट्न नभ्याएका हरु सबै विहानै देखि खेत बारीमा भेटिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्