भूमिहीनलाई लालपूर्जा दिइनेछः कांग्रेस उम्मेद्वार राजेन्द्र बुर्लाकोटी



चितवन । चितवन क्षेत्र न। १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद ले नेपाली कांग्रेसले बहुमत ल्याएपछि गठन हुने सरकारले लोथर चैनपुरका २० हजार भूमिहिन जनतालाई लालपुर्जा दिने विश्वास दिलाउनभएको छ ।

सोमबार चुनावी अभियान अन्तरगत पूर्वी चितवनको गड्यौलीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उहांँले सो कुरा बताउनभएको हो ।

बुर्लाकोटीले सो क्षेत्रमा खानेपानी योजना, प्रसुती अस्पताल, बाल अस्पताल निर्माण गर्नुका साथै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक भएको बताउनुभयो ।

बिभिन्न स्थानमा भएको कोणसभामा उक्त क्षेत्रमा सयौं एमाले तथा माओबादी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेता बुर्लाकोटीले खादा र अबिर लागाएर स्वागत गर्नु भएको थियो । त्यसैगरी रा। न। पा २ कुपनटोलबाट मात्रै १ सय ५० भन्दा बढीले काँग्रेसमा प्रवेश गरेका थिए ।

मंसिर १२, चितवन । चितवन क्षेत्र न। १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद ले नेपाली कांग्रेसले बहुमत ल्याएपछि गठन हुने सरकारले लोथर चैनपुरका २० हजार भूमिहिन जनतालाई लालपुर्जा दिने विश्वास दिलाउनभएको छ ।

सोमबार चुनावी अभियान अन्तरगत पूर्वी चितवनको गड्यौलीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उहांँले सो कुरा बताउनभएको हो ।

बुर्लाकोटीले सो क्षेत्रमा खानेपानी योजना, प्रसुती अस्पताल, बाल अस्पताल निर्माण गर्नुका साथै युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न आवश्यक भएको बताउनुभयो ।

बिभिन्न स्थानमा भएको कोणसभामा उक्त क्षेत्रमा सयौं एमाले तथा माओबादी कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई नेता बुर्लाकोटीले खादा र अबिर लागाएर स्वागत गर्नु भएको थियो । त्यसैगरी रा। न। पा २ कुपनटोलबाट मात्रै १ सय ५० भन्दा बढीले काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्