रोल्पा लगिएका १२ मतपेटिका रुकुमकोट सदरमुकाम ल्याइयो



धनवीर दाहाल, रुकुम पुर्व ।
रोल्पाको लिवाङ लगिएका रुकुम पुर्वका १२ मतपेटिका आज बिहान सदरमुकाम रुकुमकोट ल्याइएको छ । सोमबार रुकुम पुर्वका केही मतदानकेन्द्रको मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याउने क्रममा रातपरेपछी रोल्पा पुर्याइएको रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले बताउनुभयो ।

रोल्पा लगिएका मतपेटिका आज बिहान ८ बजे हेलिकप्टरद्वारा नै सुरक्षित अबस्थामा सदरमुकाम रुकुमकोट ल्याईएको छ । सोमबार पुथाउत्तरगङा गाउपालिकाका ४ मतदान स्थलका १२ मतपेटिका सहित ४ मतदान अधिकृत र ९ जना कर्मचारीलाई रोल्पा पुरयाईएको थियो ।

१२ मतपेटिका रोल्पा लगिनुअघि सदरमुकाम रुकुमकोट ल्याउनका लागी हुकाम मतदान स्थलमा मतपेटिका जम्मा पारेर राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्