अछामको कमलबजार विमानस्थल सञ्चालनमा ल्याउने सबै उम्मेद्धारका चुनावी एजेन्डा



बिष्णुप्रसाद भण्डारी, अछाम ।
अछामको कमलबजार बिमानस्थल प्रत्येक चुनावमा सबै उम्मेद्धारको चुनावी एजेण्डा बन्ने गर्दछ । यस अघि बि.सं. २०६४ सालको संबिधान सभा चुनावमा अछाम क्षेत्र नं. २ बाट सभासद बन्नुभएका शरदसिंह भण्डारीले पनि बिमानस्थल सञ्चालनमा ल्याउने एजेण्डालाई निकै जोड–तोडका साथ उठाउनुभएको थियो ।

सो एजेण्डाका साथ तत्कालिन एकिकृत नेकपा माओबादीको तर्फबाट चुनावी मैदानमा उत्रिनुभएका भण्डारी २०६४ सालको संबिधान सभा सदस्य निर्वाचनमा बिजयी समेत हुनुभयो । उहाँले चुनाव जितिसकेपछि पनि बिमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउँदै आउनुभएको थियो । त्यसपछि बि.सं. २०७० सालमा सम्पन्न दोस्रो संबिधान सभा चुनावमा बिमानस्थल सञ्चालनकै एजेण्डालाई प्रमुखताका साथ अघि सारेर नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा उत्रिनुभएका भरत साउँदले पनि चुनाव जित्नुभयो ।

बिमानस्थल कुनै पनि हालतमा ससञ्चालनमा ल्याई छाड्ने प्रतिबद्धता उहाँले जनता माझ व्यक्त गर्दा–गर्दै उहाँको कार्यकाल नै सक्किसक्यो । तर अझै बिमानस्थल सञ्चालनमा आउन सकेको छैन । अहिले कमलबजार बिमानस्थल गौचरण बनेको छ । यती मात्र नभै स्थानीय तह चुनावका बेला समेत उक्त बिमानस्थल सञ्चालनमा ल्याउने मुद्धा निकै जोड–तोडका साथ उठेको थियो । कमलबजार नगरपालिकाका प्रमुख, उप–प्रमुख र स्थानीय वडा अध्यक्षका उम्मेद्धाहरुले समेत बिमानस्थाललाई चुनावी एजेण्डा बनाएका थिए ।

अहिले हुन लागेको प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि प्राय सबै उम्मेद्धारहरुले बिमानस्थल सञ्चालनमा ल्याउने एजेण्डालाई प्रमुखताका साथ उठाएका छन् । उनिहरुका प्रत्येक चुनावी सभामा यो मुद्धाले स्थान पाउने गरेको छ । बाम गठबन्धनको तर्फबाट अछाम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिध सभा सदस्य उम्मेद्धार एमाले नेता यज्ञ बोगटीले आफुले बिजय हासिल गरेमा कमलबजार बिमानस्थल सञ्चालनमा ल्याएर अछामको पर्यटन बिकासमा टेवा पर्याउने बताउँदै आउनुभएको छ । त्यती मात्रनई आँफुले चुनाव जितेमा अछामको समग्र बिकासका लागि केन्द्रमा आफुले सक्दो पहल गर्ने बताउँनुभयो । सोही निर्वाचन क्षेत्र अन्तरगत गठबन्धनको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र नं. १ का प्रदेश सभा सदस्य उम्मेद्धार माओबादी नेता अक्कल रावलले समेत बिमानस्थल सञ्चालनमा ल्याउने मुद्धालाई प्राथमितामा राखेको बताउनुभएको छ ।

यस क्षेत्रका सबै सम्भावनाहरुलाई उजागर गर्ने उहाँको योजना छ । यस्तै सोही निर्वाचन क्षेत्र अन्तरगत गठबन्धनको तर्फबाट प्रदेश निर्वाचन क्षेत्र नं. २ का प्रदेशसभा सदस्य उम्मेद्धार बलबहादुर सोडारीले यस क्षेत्रको पर्यटन बिकासलाई जोड दिँदै आउनुभएको छ । कमलबजार बिमानस्थललाई सञ्चालनमा ल्याउन सके मात्र अछामको सर्वांगिण बिकास हुने उहाँको बुझाई छ । पर्यटन बिकासमा टेवा पु¥याउन पनि बिमानस्थल सञ्चालनको खाँचो रहेको उहाँले बताउने गर्नुभएको छ ।

यस्तै हिजो मात्र कमलबजारमा सम्पन्न नेपाली कांग्रेसको चुनावी आम सभामा पनि सो बिषयले प्राथमिकता पायो । सभामा कांग्रेसको तर्फबाट अछाम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिध सभा सदस्य उम्मेद्धार पुष्पशाहले आफुले जितेमा बिमानस्थल सञ्चालनमा ल्याई छाड्ने बताउनुभयो । नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं. २ अन्तरगतका प्रदेश सभा सदस्य उम्मेद्धारहरु क्रमसः सुरत बिष्ट र बलबहादुर सोडारीले समेत सो कुरामा प्रतिबद्धता जनाउनुभयो ।

यसका साथै बिमानस्थल सञ्चालनमा ल्याउने बिषय नेपाल मजदुर किसान पार्टीको समेत चुनावी एजेण्डा बनेको छ । सो पार्टीको तर्फबाट अछाम निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेद्धार रहनुभएका झंकरबहादुर शाहीले आफुहरुले चुनाव जितेमा बिमानस्थल सञ्चालनमा ल्याई यस क्षेत्रको समग्र बिकासमा टेवा पु¥याउने प्रतिबद्धता जनाउँदै आउनुभएको छ । यसका साथै आफुहरुले चुनाव जितेमा प्रत्येक नेपाली नागरिकले स्वाभिमानका साथ बाँच्न पाउने वातावरण बन्ने दावी समेत उहाँले गर्दै आउनुभएको छ ।

अछामको कमलबजार नगरपालिकामा पर्ने यो बिमानस्थल तत्कालिन बिद्रोही नेकपा माओबादीले आक्रमण गरेपछि परिक्षण उडान समेत भर्न नपाउँदै बन्द भयो । २०५८ सालमा तत्कालिन बिद्रोही नेकपा माओबादीले आक्रमण गरेर निर्माण सम्पन्न भै सञ्चालनको तयारीमा रहेको बिमानस्थलको रिपिटर टावर भत्काएपछि परिक्षण उडान समेत भर्न नपाउँदै बिमानस्थल बन्द भएको हो । बिमानस्थल सञ्चालनमा नहुँदा यहाँका स्थानीयलाई यात्रामा निकै सास्ती हुने गरेको छ । आफ्नै आगनमा रहेको बिमानस्थल सञ्चालनमा नआउँदा उनिहरु धुलाम्य सडकमा गाडिको सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

बाहिरबाट अछाम आउने पहुनाहरुलाई आवत जावत गर्न समेत सडकको सकसपूर्ण यात्रा गर्नु पर्ने बाध्यता छ । बिमानस्थल सञ्चालनमा ल्याउन जनप्रतिनिधिले ध्यान नदिएको स्थानीयको गुनासो छ । अछामबाट केन्द्रिय स्तरमा राजनीति गर्ने नेताहरुले पनि यसका लागि कुनै पहल नगरेको गुनासो यहाँका स्थानीयको छ ।
अछाम जिल्लाबाट निर्वाचित सांसदहरु राज्यको उच्च ओहोदामा पुग्दा समेत यहाँको बिकासका लागि उहाँहरुले कुनै चाँसो नदिएको स्थानीयको आरोप छ । ‘यहाँबाट निर्वाचित सांसद पटक–पटक सरकारको उच्च तहमा पुगे तर यहाँको बिकासका लागि केही पनि गर्नुभएन ।’ कमलबजार नगरपालिकाका स्थानीय तेजबहादुर बिष्टले भन्नुभयोः– ‘बिमानस्थल सुचारु गर्न तर्फ उहाँहरुले कुनै पहल गर्नु भएको छैन ।’ उनिहरुले यस तर्फ चाँसो नै नदिएको उहाँको बुझाई छ ।

त्यस्तै अर्का स्थानीय पुष्प अधिकारीले पनि बिमानस्थल सुचारु गराउन तर्फ कसैको पनि ध्यान नगएको भन्दै दुखेसो गर्नुभयो । यसमा सरकारको ध्यान जान नसकेको उहाँको भनाई छ । बिमानस्थल सुचारु गराउन तर्फ सम्बन्धित निकायको ध्यान जान नसकेको यहाँका अरु स्थानीयको समेत गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्